गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु

गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु
तस्बिर : एजेन्सी

इजरायल (एजेन्सी) : इजरायलले गाजा युद्धविराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा पुनः वार्ता सुरु भएको पुष्टि गरेको छ ।

गाजा  सहरमा रहेको अल–घौला परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११  जनाको मृत्यु भएकै दिन वार्ता सुरु भएको प्यालेस्टिनी प्रहरीले जनाएको छ । इजरायलका  रक्षामन्त्री इजरायल काट्जले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा बन्धक  बनाइएका व्यक्तिको रिहाइका लागि कतारमा हमाससँग अप्रत्यक्ष वार्ता सुरु भएको  पुष्टि गरेका छन् । 

बन्धकमध्येकी एक महिला सैनिक लिरी अल्बागका आफन्तलाई  मन्त्रीले ‘बन्धकहरूलाई मुक्त गर्ने प्रयास भइरहेको र वार्ताका लागि इजरायली  प्रतिनिधिमण्डल शुक्रबार कतारमा पुगेको बताएका छन् । काट्जका अनुसार  प्रधानमन्त्री बेनाजामिनले ‘वार्ताका लागि विस्तृत निर्देशन’ दिएका छन् । हमासको  सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडले गाजामा अल्बागलाई कैदमा राखेको भिडियो  सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन् । 

साढे तीन मिनेट लामो  रेकर्डिङमा १९ वर्षीया ती युवतीले हिब्रु भाषामा इजरायली सरकारलाई आफ्नो  रिहाइका लागि आग्रह गरेको सुन्न सकिन्छ, यद्यपि, भिडियोको आधिकारिकताबारे  पुष्टि गर्न नसकिएको एएफपीका स्थानीय संवाददाताले जनाएका छन् । भिडियो  सार्वजनिक भएपछि अल्बाग परिवारले नेतन्याहूलाई अपिल जारी गर्दै भनेको छ,  ‘गाजामा तपाईंका आफ्नै छोराछोरी बनाइएका छन् भनी युद्धविराम सम्झौताका  लागि निर्णय लिने समय आएको छ ।’

हाल गाजामा ९६ जना इजरायली बन्धक छन्, जसमध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.