झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु

झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ।

मुस्ताङको घरपझोङ—४ जोमसोमस्थित नेपाली सेना र जिल्ला प्रशासन कार्यालय जोड्ने झोलुङ्गे पुलबाट खसेर शनिबार पोखरा महानगरपालिका—३० गगनगौडाका ३७ वर्षीय प्रकाश मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। 

जोमसोमस्थित नेपाली सेनाको क्याम्प अगाडि ईलेक्ट्रोनिक पसल सञ्चालन गरेका उनी नेपाल रेडक्रम सोसाईटीको भवनमा भाडामा बस्दै आइरेहका थिए। कोठाबाट पसलतर्फ जाने आउने गर्दा ठकुरीले जिल्ला प्रशासन पछाडिको झोलुङ्गे पुल प्रयोग गर्ने गर्थे।

पुलबाट खसेका ठकुरीको तत्काल प्रहरी नायब निरीक्षक सनम कुमालको कमाण्डमा ५ जनाको सुरक्षाकर्मी टोलीले तत्कालै उद्धार गरी जोमसोम अस्पताल पुर्‍याएको थियो। ठकुरीलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए। 

पुलबाट खसेर मृत्यु भएका ठकुरीको आइतबार पोष्टमार्टम गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। ठकुरीको शव प्रहरीले आफन्तलाई जिम्मा लगाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.