एमाले केन्द्रीय कमिटी बैठक

ओलीको राजनीतिक प्रतिवेदनमाथि आज पनि केन्द्रिय सदस्यले सुझाव दिने

ओलीको राजनीतिक प्रतिवेदनमाथि आज पनि केन्द्रिय सदस्यले सुझाव दिने
सुन्नुहोस्

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा पेश भएका प्रतिवेदनमाथि आज पनि छलफल हुने भएको छ। आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक  प्रतिवेदन पेश गरेको प्रचार विभाग प्रमुख राजेन्द्रले जानकारी दिए।

उनका अनुसार पहिलो दिनको बैठकमा २७ जनाले धारणा राखेका थिए। आज बिहान ११ बजेबाट सुरु हुने बैठकमा पनि बोल्न बाँकी रहेका केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राख्ने छन्। 

राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्य अफिलाल ओखेडा, यज्ञ बोगटी, झपट बोहोरा, सहदेव बोगटी, प्रकाश शाह, नरबहादुर धामी, झपट रावल, कमला वली, कृष्णप्रसाद जैसी, सन्तोष शर्मा, कमला बोहोरा, गुलावजङ्ग शाह, धर्मराज रेग्मी, विनोद शाह, ठम्मरबहादुर विष्ट, राजबहादुर बुढा, नगेन्द्र शाही, डम्बर सिंह, दल रावल, नवराज रावत, घनश्याम पाण्डे, शिवराज सुवेदी, नविन रोक्का, सजिदा खातुन सिद्धिकी, लक्ष्मण ज्ञवाली, गणेश खनाल, खड्क बहादुर खड्कालगायतले बोलेका थिए।

बैठक आरम्भ गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले देश विशेष परिस्थितिबाट गुज्रिरहेको र देशभक्त तथा प्रगतिशील शक्ति मजबुत बन्दै गएकाले प्रतिक्रियावादीहरू आतङ्कित भएर अस्वस्थ र झुठो प्रचारको हमलामा उत्रिरहेको बताएका थिए। नेकपा (एमाले) र पार्टीका नेताहरूविरूद्ध जनतामा घृणाभाव पैदा गर्ने र जनताबाट अलग्याउने प्रयासमा प्रतिक्रियावादीहरू लागिरहेको बताउँदै ओलीले पार्टीपङ्ती एकताबद्ध भई विरोध र हमलाको सामना गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए। 

‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन। चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो। विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ। हाम्रा सबै सङ्गठनहरू उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ। वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ।’ अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ। लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन। बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ।

अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स– एमाले र नेपाली कांग्रेसबीचको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठनबन्धनपछिका छ महिना, अस्थिरता, अराजकता र प्रायोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, स्थानीय तहको उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु रहेका छन्। 

नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको, साझा नीतिगत प्रतिबद्धता र संकल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय दिन थालिएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धि हासिल भएको प्रतिवेदनमा प्रस्तुत गरिएको छ।  

बैठक सञ्चालन गर्दै महासचिव शंकर पोखरेलले पार्टीविरूद्ध चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको समयमा उक्त घेराबन्दी र आक्रमणलाई छिचोलेर निर्णायक राष्ट्रिय शक्ति निर्माणको कार्ययोजना पूरा गर्ने अठोटका साथ केन्द्रीय कमिटीको आठौं बैठक आयोजना गरिएको बताए।  

महासचिव पोखरेलले साङ्गठानिक अवस्थाको सङ्क्षिप्त जानकारी गराउँदै केन्द्रीय कमिटीको सातौं बैठकयता संगठन निर्माण र परिचालनका सन्दर्भमा महत्वपूर्ण कामहरू भएको, नेकपा स्थापनाको हीरक महोत्सव भव्य आयोजना गरिएको, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सम्पन्न भएको लगायत विषय प्रस्तुत गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.