एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन : प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव दिनेक्रम जारी

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन : प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव दिनेक्रम जारी
सुन्नुहोस्

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दोस्रो दिन जारी रहेको छ। आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पेश गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि च्यासलमा आज पनि छलफल जारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्रले जानकारी दिए।आइतबार बैठकमा २७ जनाले धारणा राखेका थिए।

आइतबार सुदुरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका केही केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन्। आजको बैठकमा लुम्बिनीका बाँकी केन्द्रीय सदस्य, गण्डकी,बागमती, मधेस र कोशी प्रदेशका केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन्। प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यहरूलाई समूहगतरुपमा विभाजन नगरी बैठकमा पालैपालो बोल्न दिइएको हो। केन्द्रीय सदस्यले ३ मिनेटभित्र प्रतिवेदन र राजनीतिक विषयमा बुँदागत रुपमा सुझाव र धारणा राख्नेछन्।  यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेको थियो। null

केन्द्रीय सदस्यहरुले धारणा राखेपछि महासचिव शंकर पोखरेल र प्रधानन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ।

बैठक आरम्भ गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले देश विशेष परिस्थितिबाट गुज्रिरहेको र देशभक्त तथा प्रगतिशील शक्ति मजबुत बन्दै गएकाले प्रतिक्रियावादीहरू आतङ्कित भएर अस्वस्थ र झुठो प्रचारको हमलामा उत्रिरहेको बताएका थिए।

नेकपा (एमाले) र पार्टीका नेताहरूविरूद्ध जनतामा घृणाभाव पैदा गर्ने र जनताबाट अलग्याउने प्रयासमा प्रतिक्रियावादीहरू लागिरहेको बताउँदै ओलीले पार्टीपङ्ती एकताबद्ध भई विरोध र हमलाको सामना गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.