माओवादी केन्द्रको केन्द्रीय समिति बैठक : प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि छलफल सुरू

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक : प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि छलफल सुरू
तस्बिर : प्रचण्डको सचिवालय
सुन्नुहोस्

काठमाडौं : नेपाल माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको छेठौं बैठक अन्तर्गतको दोस्रो दिनको बैठक सुरू भएको छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमाथि छलफल हुने सुरू भएको छ।

बैठक आइतबारदेखि काठमाडौंको एक पार्टी प्यालेसमा जारी छ।

आइतबारको  बैठकमा अध्यक्ष प्रचण्डले 'पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता' शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। अध्यक्ष प्रचण्डले पेश गरेको सोही राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा राख्ने क्रम जारी छ।

बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य,२ सय ५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ सय २५ जना गरी ८ सय १४ जना सहभागी छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.