समस्याग्रस्त कर्णाली विकास बैंकको छानबिन सुरु

समस्याग्रस्त कर्णाली विकास बैंकको छानबिन सुरु
कर्णाली डेभलपमेन्ट बैंक गुलरिया शाखामा भएको राष्ट्र बैंकको व्यवस्थापन समूहसँगको छलफल।
सुन्नुहोस्

गुलरिया : नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका शाखाहरूमा अनुगमनसँगै अनुसन्धान तथा छानबिन सुरु गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको बाँके, बर्दिया र दाङ जिल्लामा शाखा कार्यालयहरू सञ्चालनमा छन्।

बैंकलाई समस्याग्रस्त घोषणा गर्दै नेपाल राष्ट्र बैंकले सञ्चालन समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले बैंकको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई पत्राचारसमेत गरेको छ। 

नेपाल राष्ट्र बैंकले ऐनको दफा ८६ (ग) बमोजिम कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन नियन्त्रणमा लिएसँगै समस्याग्रस्त कर्णाली डेभलपमेन्ट व्यवस्थापन समूह गठन गरी प्रक्रिया अघि बढाएको छ। समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले व्यवस्थापन गरिरहेकाले ग्राहकको पैसा नडुब्ने नेपाल राष्ट्र बैंकद्वारा गठित समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले बताएका छन्।

बैंकको छानबिन गर्ने क्रममा तीन जनाको टोलीसहित बर्दिया आएका संयोजक खतिवडाले समस्याग्रस्त बैंकको विस्तारै तरलता व्यवस्थापन गर्ने गरी काम सुरु गरेको बताए। ४ सय ६६ करोड निक्षेप संकलन गरेको कर्णाली बैंकको ३ अर्बभन्दा बढी लगानी रहेको प्रष्ट्याए।

नेपाल राष्ट्र बैंकले व्यवस्थापनको कदम चालेकाले कुनै पनि ग्राहकहरूको निक्षेप नडुब्ने विश्वास दिलाए। उनले भने बैंकको समस्या सुल्झाउनेतर्फ हामी लागेका छौं। विभिन्न बैंकहरूसँग अन्तरबैंक सापटी, तरलता व्यवस्थापन, अन्य बैंकहरूसँग करार वा मर्जर गरी समस्या सुल्झाउने राष्ट्र बैंकको तयारी सुनाए। बैंकहरूको सहकारी संस्थाहरू जस्तो अस्तव्यस्त संयन्त्र नहुने भएकाले पनि ग्राहकहरूलाई निक्षेप फिर्ता हुने भएकोले ढुक्क हुन अनुरोध गरे। समूहले बैंकको कर्जा असुली, लिलाम, अचल सम्पत्ति बेचबिखनबाट समेत ग्राहकहरूको निक्षेप फिर्ता गर्ने तयारी राष्ट्र बैंकको छ।

बैंकमा अनियमितता देखिएको छ। अनुसन्धानपछि प्रतिवेदन तयार हुन्छ। दोषीहरू उपर छानबिन गरी अपचलन भएको रकम घरखेतबाट असुल उपर गर्दै कानुनी कारबाही हुने संयोजक खतिवडाको भनाइ छ। बर्दियाको गुलरिया, बाँसगढी, भुरीगाउँ, ठाकुरद्वारा, राजापुर र सानोश्रीमा गरी बैंकका ६ वटा शाखाहरूमार्फत कारोबार हुँदै आएको छ। बैंक समस्याग्रस्त घोषणा भएसँगै बचत फिर्ता गर्ने ग्राहकहरू बैंकमा आउने गरेकोले बैंकका बर्दियामा रहेका शाखाहरूले सूचना जारी गर्दै अत्यावश्यक ग्राहकहरूलाई २५ हजार रुपैयाँसम्म रकम फिर्ता गर्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.