दुबईबाट आएकी महिलाले ल्याएको सुन लुटेको आरोपमा तीन जना पक्राउ

दुबईबाट आएकी महिलाले ल्याएको सुन लुटेको आरोपमा तीन जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : सुन लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। फ्लाई दुबईको उडानद्वारा पुस १४ गते नेपाल आएकी महिलाले ल्याएको अवैध सुन लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

नुवाकोट पञ्चकन्या गाउँपालिका-१ घर भई टोखा नगरपालिका-१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भई गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भन्ने मिनसाङ लामा तामाङ र तेमाल गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने २२ वर्षीय लाल बहादुर तामाङ शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

लेसिलो स्वरूपमा प्याड जस्तो आकार बनाई भित्री बस्त्रमा लुकाई छिपाई ल्याएको अवैध सुन अपरिचित व्यक्तिहरूले लुटी लगेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ४३६.०१० ग्राम सुन, मोबाइल ३ थान र मोटरसाइकल १ थान समेत बरामद गरेको छ ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.