मधेशको कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मधेशको कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित ६जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  सिंहसहित मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकर प्रसाद साह,कृषि प्रसार  अधिकृत अमर चन्द्र मण्डल,सह-लेखापाल ब्रजेश कुमार साह,युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक तथा अध्यक्ष लक्ष्मी नारायण यादव,मन्त्रालयका तत्कालीन पशु चिकित्सक रञ्जित कुमार अधिकारी,कृषि प्रसार अधिकृत अविनाश कुमार झा र कृषि विकास निर्देशनालय धनुषाका तत्कालीन कृषि अर्थविज्ञ विकास कुमार साहविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष २०७९/०८० मा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश जनकपुरधामका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख एवं कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले आधारित कृषि पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापाक भ्रष्टाचार गरेको,नक्कली बिल भरपाईको आधारमा भुक्तानी दिएको र स्पेशिफिकेसन अनुसारको सामान खरिद नगरेको उजुरीका आधारमा अनुसन्धान हुँदा  भ्रष्टाचार गरेको खुलेपछि आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेका जानकारी दिए।

अख्तियारका अनुसार उनीहरूले  बैंक ग्यारेन्टीबिना नै  सम्झौता गरी आफैले गरेको सम्झौता अनुसारको सम्पूर्ण कार्य सम्पन्न भएको प्रतिवेदन तयारी गरी,लाभग्राही फार्मले अनुदानमा प्राप्त हुने मेसिनरी  औजार तथा  उपकरणहरू खरिद नै नगरी पहिला नै खरिद गरेको सामानहरूलाई अनुदान लिने उद्देश्यले भन्सार प्रज्ञापन पत्रको मिति र निर्यातकर्ताको विवरण सच्याइ समान नै नल्याएको अवस्थामा सामान ल्याएको नक्कली प्रज्ञान पत्रहरू तथा खरिद प्रक्रियामा आवश्यक पर्ने ग्यारेन्टी समेतका नक्कली कागजातहरू तयार गरी सरकारी कोषबाट १ करोड  भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ।

अख्तियारले पाँचजनाबाट पाँच करोड विगो असुल गर्न समेत माग गरेको आरोप पत्रमा उल्लेख छ। भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.सिंह,मत्स्य विकास कार्यक्रमका संयोजक साह,कृषि  प्रसार अधिकृत मण्डल,सहकारी मन्त्रालय मधेश प्रदेश धनुषाका साह र महोत्तरी युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक यादवमाथि ५ करोड बिगो र सजायको माग गरिएको अख्तियारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.