जाडोमा कुकुरलाई न्यानो घर

जाडोमा कुकुरलाई न्यानो घर
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा सडकका छाडा कुकुर (सामुदायिक कुकुर)हरू बस्नका लागि अस्थायी घरको व्यवस्था गरिएको छ। 

अहिलेको चिसो र शीतलहरले प्रभावित भइरहेका सडकका कुकुरहरूलाई बस्नका लागि वडा नम्बर १० का विभिन्न स्थानमा कुकुर बस्ने घरहरूको व्यवस्था गरिएको हो।

सोमबार वडाका विभिन्न सात स्थानमा प्लास्टिकको ड्रममा न्यानोका लागि जुटको बोराभित्र पराल भरेर कुकुरहरूलाई बस्ने व्यवस्था गरिएको वीरगन्ज महानगरपालिका-१० मा वडाध्यक्ष सुशील साह कानुले बताए। अबको तीन चार दिनपछि सडकका कुकुरहरूलाई चिसोबाट राहत दिन डग हाउस नै निर्माण गरेर ठाउँ ठाउँमा राखिने बताउँदै कानुले त्यसका लागि काम पनि सुरु गरिसकिएको बताए।

  
त्यसका लागि दाताहरूबाट सहयोग जुटाउने काम भइरहेको उनले बताए। कानुले भने,‘अहिलेको चिसो र शीतलहरमा मान्छे मात्र नभई सडकका कुकुरहरू पनि प्रभावित भएको देखेपछि माया लाग्यो। अनि केही दाताहरुलाई अनुरोध गरे। उहाँहरूले कुकुरहरूलाई न्यानो पारेर बस्नका लागि आवश्यक सहयोग गर्न राजी  हुनुभयो।’

दाताहरुबाट अहिलेसम्म ३० वटा प्लास्टिकको ड्रम प्राप्त भइसकेको भन्दै वडाध्यक्ष कानुले भने,‘जहाँ जहाँ कुकुरको संख्या कम देखिन्छ त्यहाँ ड्रम राख्न थालेका छौं। अनि जहाँ जहाँ  कुकुरको संख्या बढी देखिन्छ त्यहाँ अस्थायी घरजस्तै डग हाउस नै बनाएर राख्छौं। ड्रममा तीन देखि चार वटा र डग हाउसमा सात देखि आठ वटा कुकुर बस्न सक्छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.