कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण

कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण
सुन्नुहोस्

काठमाडौं : कुमारी बैंकले बुढानीलकण्ठ नगरपालिका-४ मा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। 

 
युएसएडसँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले हात्तिगौडा शाखामार्फत बुढानीलकण्ठ नगरपालिका-४ को समन्वयमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो। जसमा दुई सयभन्दा बढी महिला तथा युवा उद्यमीको सहभागिता थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र बुढानीलकण्ठ नगरपालिका-४ का अध्यक्ष श्रीराम केसीको उपस्थितिमा आयोजित कार्यक्रममा वडा नम्बर ४ मा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको लागि एकदिने उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो। उक्त प्रशिक्षण कार्यक्रमले वडामा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने उद्देश्य लिएको वडाध्यक्ष केसीले बताए।

वित्तिय ज्ञान, सिप, मनोवृत्ति तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरू, सचेतनामुलक सन्देशहरु विकास गरि नियमित रूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ। 

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.