इन्ल्यान्ड इम्पायर नेपलिज वेलफेयर सोसाइटीको नयाँ कार्यसमिति चयन
क्यालिफोर्निया : Inland Empire Nepalese welfare Society (IENWS) को अधिवेशन सम्पन्न भएको छ। दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ।
नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा दीप शंकर सुवेदी निर्विरोध निर्वाचित भए। यस क्षेत्रमा नेपाली समुदायको उपस्थिति बाक्लिँदै गएको परिप्रेक्ष्यमा सुवेदी अघिल्लो कार्यकालमा उपाध्यक्षको प्रभावकारी भूमिकामा बसेर सहयोग, सहभागिता र समन्वय गर्दै समुदायलाई मजबुत बनाउन सक्रिय रूपमा लागिरहेको सुवेदी सर्वसहमति रूपमा अध्यक्ष निर्वाचित भए।
नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा गायत्री प्रसाद कट्टेल, महासचिवमा अच्युत चापागाई, कोषाघ्यक्ष पदमा इन्द्र बुर्लाकोटी, सहकोषाध्यक्षमा नेत्र ढकाल र सदस्यहरूमा सुरेश खकुरेल, महेश्वर नेपाल, देविचरण घिमिरे, कोपिला मल्ल, भरत खड्का र केशव पौड्यालसहितका ११ सदस्यीय नयाँ कार्यसमितिले सपथ ग्रहणसमेत लिए।
कार्यक्रममा ऋषि ढकाल, मधेसी एसोशिएसन क्यालिफोर्नियीबाट दिनेश शाह, Beaumont/Banning Nepali community का तर्फबाट एकदेव शर्मालगायतले मन्तव्य दिएका थिए।