पर्यटक वृद्धिका लागि पदमार्ग निर्माण

पर्यटक वृद्धिका लागि पदमार्ग निर्माण
सुन्नुहोस्

दोलखा : दोलखाको गौरीशंकर गाउँपालिका-९ को टासीनाम हुँदै च्छो–रोल्पासम्म पर्यटक वृद्धिका लागि पदमार्ग निर्माण गर्न थालिएको छ। पर्यटकहरूलाई सहजताका लागि संघीय सरकारको दुई करोड आठ लाख ५० हजार रुपैयाँ लगानीमा पदमार्ग निर्माण सुरु गरिएको वडा नम्बर ९ का वडाध्यक्ष निमागेली शेर्पाले बताए। 

संघीय सरकार पर्यटन मन्त्रालय अन्तर्गत गौरीशंकर–९ को टासिनाम दाल्दुङ रोल्वालिङ छो–रोल्पा हुँदै टासिलाप्चा पास मार्गअन्तर्गत १० किलोमिटर ढुंगा बिछ्याइएको सिँढी सहितको पैदलमार्ग निर्माण गर्ने काम भइरहेको उनले बताए।

टासिनामादेखि दाल्दुङ रोल्वालिङ गाउँबस्ती जोड्नका लागि पैदलमार्ग निर्माण सुरु गरिएको हो। ४ हजार १ सय मिटरमाथि सुन्दर माहादेवथानसम्म पैदलमार्ग निर्माण गरी च्छो–रोल्पा जाने पर्यटन वृद्धि गर्ने उद्देश्यले बाटो निर्माण गरिएको हो। सगरमाथा प्रवेश गर्ने इच्छा भएका पर्यटकहरूका लागि पनि यो पैदलमार्ग सजिलो र आकर्षक रुट हुने अनुमान गरिएको छ।

गौरीशंकरको टासिनामदेखि एभरेष्ट पुग्न अहिले कम्तीमा ७ देखि ९ दिन लाग्छ। अर्को रुट बन्द हुँदा यही रुट हुँदै सगरमाथामा जाने पर्यटक बढ्न थालेका छन्। यस वर्ष टासिनाम हुँदै १० किलोमिटर पैदलमार्ग निर्माण सम्पन्न गरिनेछ। त्यसपछि पनि उक्त पैदलमार्गलाई सोलुखुम्बुको नाम्चेसम्म विकास गर्दै लैजाने योजना रहेको वडाध्यक्ष शेर्पाले बताए। पहिलो चरणमा ढुंगामाटो र काठको प्रयोग गरेर सिँढी सहितको १० किलोमिटर पैदलमार्ग निर्माण गरिनेछ। पैदलमार्ग निर्माणको कार्य धमाधम भइरहेको वडाध्यक्षको भनाइ छ।

पैदलमार्ग निर्माणको जिम्मा सतली एडि दाल्दुङले लिएको छ। टासिनामबाट सुरु गरिएको उक्त पैदलमार्गलाई सोलुखुम्बु जिल्लाको मुख्य व्यापारिक केन्द्र नाम्चे बजारसम्म जोड्न सके यही रुट हुँदै एभरेष्ट ओहोरदोहोर गर्ने हिमाल आरोही बढ्ने अनुमान गरिएको वडा अध्यक्ष शेर्पाले बताए। यस गाउँपालिकाको पूर्वी सिमाना रहेको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका हुँदै सगरमाथा प्रवेश गर्ने पर्यटकहरूलाई समेत लक्षित गरेर पैदलमार्ग निर्माण कार्य गरिएको हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.