विद्यार्थीको प्रतिभा उजागर, एन हबको परिकल्पना

विद्यार्थीको प्रतिभा उजागर, एन हबको परिकल्पना

काठमाडौं : सन् २०१४ तिर काठमाडौंको त्रि–चन्द्र क्याम्पसमा स्नातक तह पढ्दै गरेका दिलीप भट्टराईले त्यसै वर्ष सुर्खेतमा अन्तर्राष्ट्रिय सम्बन्ध (इन्टरनेसनल रिलेसन) बारे पढ्ने मौका पाएँ। त्यहाँ उनले २०१५ का सीएनएन हिरो म्यागी डोएनले सञ्चालन गरिरहेको स्कुल कोपिला भ्याली स्कुल र सीएनएन हिरो २०१५ को क्याम्पियनमा काम गर्ने मौका पाए। डोएनले त्यहाँ कर्णालीका निम्न आयस्तर भएका परिवारको बालबालिकालाई निःशुल्क शिक्षा दिने र नेपालको शिक्षा प्रणालीमा भएको कमजोरीबारे अध्यन गरिरहेकी थिइन्। 

त्यहाँ काम गर्दा दिलीपले डोएनका कामलाई सूक्ष्म तरिकाले नियालिरहेका थिए। नेपालमा शिक्षाको अवस्था, कमी, कमजोरी सुधार गर्नुपर्ने पक्ष, कसको तर्फबाट के गर्नुपर्ने र अन्य आदिबारे ज्ञान लिए। हुन त उनी सन् २०१४ देखि नै विभिन्न विश्वविद्यालयमार्फत शिक्षा क्षेत्रमा भएको कमजोरी र विद्यार्थीको प्रतिभालाई उजागर गर्न लागेका थिए। तर जब उनले म्यागी डोएनको क्याम्पियनमा काम गर्ने मौका पाए, उनले आफूमा शिक्षाप्रति भएको धारणालाई परिवर्तन गर्ने मात्रै होइन, नेपालको शिक्षा प्रणाली नै परिवर्तन गर्नुपर्छ भन्ने बुझे। त्यसयता उनी विभिन्न शैक्षिक संस्थाहरूसँग जोडिएर विद्यार्थीको प्रतिभालाई उजागर गर्न एन हबको परिकल्पनालाई लिएर स्थापना गर्न लागि परिरहेका छन्। 

के हो एन हब ? 

सामान्य भाषामा भन्ने हो भने एन हब विद्यार्थीको दिमागलाई वृद्धि र विकास गराउने ठाउँ हो। मतलब अनुभव (एक्सपिरियन्स) गर्ने ठाउँ। विद्यार्थीको दिमागमा भएका आइडियालाई विकास गर्ने ठाउँ। जहाँ विद्यार्थीका ब्लक भएका माइन्डसेटलार्ई प्रतिभा चिनाएर उजागर गर्ने मौका दिइन्छ। 

नेपालको सन्दर्भमा हेर्ने हो भने विश्वविद्यालयको नेतृत्व तहदेखि लिएर पोलिसी मेकिङसम्मै समस्याहरू छन्। विद्यार्थीहरू अभावै अभावमा माध्यमिक तहको अध्ययन सकेर बिदेसिरहेका छन्। यसले देशको अर्थतन्त्रमा मात्रै नभई देशको शिक्षा क्षेत्रमा समेत ठूलो प्रश्न चिह्न खडा गरेको छ। जहाँ विद्यार्थी पढाउने शिक्षक, संघसंस्था र शिक्षाप्रति भएको धारणा सबैलाई कमजोर साबित गरिदिएको छ। 

विद्यार्थीले के गर्न रुचाउँछन्, के गर्दा उनीहरूले लाइफ स्किलबारे सिक्छन्। उनीहरूको धारणा के छ, उनीहरूलाई समाजसँग कसरी कनेक्ट गर्न सकिन्छ र उद्यमी कसरी बनाउन सकिन्छ भन्ने नै एन हबको मुख्य उद्देश्य रहेको एन हबका संस्थापक दिलीप बताउँछन्। 

‘हाम्रो शिक्षामा भएको अभाव कमजोरीहरूका विद्यार्थीका माइन्डसेटहरू ब्लक भएको छ, उनीहरूको सोच्न सक्ने क्षमतालाई उजागर गर्ने ठाउँ नै पाएका छैन। धेरै कमी कमजोरीका कारण माइन्ड ब्लक छन्। पढ्न त सबैले पढछन् तर पढेर केही शिप गर्न सक्यो भन्यो पढेको जस्तो भइन्छ। त्यसैले उनीहरूको आइडियालाई देखाउने मौका दिएर विद्यार्थीलाई कसरी उद्यमी बनाउने भन्ने नै यसको मुख्य उद्देश्य हो। ’ 

नेपालकोे शैक्षिक स्तर हेर्ने हो भने विद्यार्थीहरूलाई किताबका सौद्धान्तिक कुराहरू मात्रै पढाइन्छ, जसले विद्यार्थीमा एक खालको धारणा त बनाइदिन्छ, तर उनीहरूले त्यही धारणालाई व्यवहारमा उतार्न भने सकिरहेका हुँदैनन्। मतलब उनीहरूलाई यो भित्र समस्या छ भन्ने त थाहा छ तर, के कुराले समस्या बनाएको छ या भइरहेको छ भन्ने पहिचान गर्न सकिएको अवस्था भने छैन। यसले के देखाउँछ भने विद्यार्थीलाई सोच्न सक्ने वातावरण अथवा दिमागलाई चलायमान बनाउन नै सिकाएकै छैनौं। जहाँ नेपाली शिक्षा प्रणाली चुकेको प्रस्टै देखिन्छ। 

दिलीपले म्यागी डोएनको स्कुलमा देखेका कुरा नै उनको दिमागमा ‘विद्यालय भनेको यस्तो हुनुपर्छ’ भनेर बसिदियो। जहाँ दिलीपले विद्यार्थीहरू एक्टिभ वातावरणमा रिसर्च गर्नेदेखि लिएर आफूले खाएका भाँडा आफैँ माझने, ठूलालाई कसरी सम्मान गर्ने र उनीहरूलाई दिने टे«निङहरू सम्म फरक अनुभूति पाएका थिए। जब उनले यो सब देखे सरकारी विद्यालय यसै गरी चल्नुपर्छ भन्ने मान्यता उनमा आयो। 

उनी विद्यार्थीहरूलाई किताबीको ज्ञानको कुरामात्रै नभई कुनै पनि समस्यालाई पहिचान गर्दै त्यो समस्याको समाधान गरेर त्यसबाट बिजनेस गर्नका लागि के प्रोसेस छ र आफूमा के समस्या छ, किन समस्या भएको छ भनेर पहिचान गराउन सक्नुपर्ने विषयमा लाग्नुपर्ने बताउँछन्। यसैक्रममा दिलीपले शिक्षा क्षेत्र सुधारका लागि मध्यपश्चिम विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेश सरकार, नेपाल संस्कृत विश्वविद्यालयलगायत विश्वका विभिन्न देशमा गएर काम गर्नेसमेत गरे। भारतमा छँदा उनको मेन्टर थिए, थोमस जर्ज जसबाट उनले शिक्षाबारे धेरै सिक्ने र बुझ्न पाए। 

जहाँ उनले ग्राहकको चाहना, कस्टमरलाई के दिनुपर्ने रहेछ भन्ने बुझेँ। यसरी उनले भारतमा उद्यमी हुने माइन्डसेट सिके। र विदेशको विभिन्न कार्यक्रमहरूमा ट्रेनिङ वर्कसपहरूमा भाग लिने मौका पाए। जुन वर्कसपमा भारतभरिकै उद्यमीलाई राखेर आफू नेपालबाट आएको नेपालमा पनि केही गर्न सकिन्छ भनेर लागी परिरहन्थे। 

उनी भन्छन्, ‘जब म भारतको विभिन्न सहरका वर्कसपमा हुन्थे ती भारतभरका उद्योगीको अघि आफूले पनि केही गर्न सकेमा नेपालले पनि गर्न सक्छ है भनेर चिनाउन लागि परिरहन्थे।’ 

यस्तै १२ वर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएका प्रदीप पराजुली पम्परागत शैलीको पढाइले मात्रै नहुने सोचमा ढुक्क थिए। त्यसैले उनले स्नातक तहमा छँदा दुईवटा भेन्चर सुरु गरिसकेको थिए, तर त्यो समयमा गरेको काम ठीक छ कि छैन, पछि रिजल्ट राम्रो निकाल्छ या निकाल्दैन उनलाई केही थाहा थिएन, उनलाई खाली कर्पोरेट ओडका लागि मात्रै गरिन्छ भन्ने थाहा थियो। अन्टरप्रेनरसिपको कुनै अवधारणा नै थिएन। जब उनलाई पुराना परम्परागत शैलीको पढाइले मात्रै हुँदैन भन्ने भान भयो, उनले त्यही बीचमा कलेजहरूमा काम गर्न थाले। जुन कलेजमा काम गरे पनि त्यो अन्टरप्रेनरसिप इकोसस्टमलाई क्रिएट गर्ने प्रयास पनि गरे। जहाँ इनोभेसन सेन्टर बनाउने आइडिया पिचिङ गर्ने इन्टरनेसनल प्रोग्राम लिएर जाने आदि गरे। 

अहिलेको समयमा कुनै पनि काम गर्नलाई क्रियटिभ हुन जरुरी छ। सबै कुरा सिस्टममा रहेर हेर्न समेत जरुरी छ तर सबैजनामा क्रियटिभ बन्नेभन्दा कपीपेस्टतिर दौडिएकाले समस्या भएको उनी बताउँछन्। ‘हामी जति क्रियटिभ हुन्छौँ, त्यति नै अघि बढ्दै जान्छौँ। तर २०२० पछि यति परिवर्तन भएको छ सिनारियो नै चेन्ज बनिसकेको छ। तर हामी अहिले पनि अरुले के गर्छ, त्यही कुरामा अल्झेर बसिरहेको छौँ, मतलब अरुले जे गर्छ त्यही कपी पेस्ट गरेर आफूले पनि त्यही गछौँ। त्यसैले हामी क्रियटिभ होइन झन् समस्या बनाइदिन्छ।’ उनले भने। 

यस्तै उनी इनोभेसन सेन्टरमा आफू फेल हुन्छु कि मेरो आइडियाले काम गर्दैन कि भनेर डराउनु नपर्ने र राज्यले समेत संरक्षण गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘फेल हुन्छ कि अथवा के हुन्छ भनेर डराउनु पर्दैन आइडियाज हो। टेस्ट गर्ने हो बजारमा युज गर्ने हो चित्त बुझेन भने फेरि हुन्छ फेरि अर्को आइडियाज आउँछ काम गर्ने हो त्यो चिज कन्टिनस्ली भइराख्यो भने त्यो आइडियामा हुने कुरा पनि सुधार आउँछ त्यो प्रोडक्टमा निखार आउँदै जान्छ र अल्टिमेटली टेस्ट हुँदा र यसको सहजीकरण राष्ट्रले पनि गर्नुपर्छ एउटा एजुकेसन इन्स्टिच्युटले पनि गर्नुपर्छ टेलिभिजनले गर्नुपर्छ सबैले गर्नुपर्छ र नयाँ आइडियाजहरूलाई जोगाउनुपर्छ।’ 

यस्तै रौतहटका प्रिन्स कर्ण पनि नेपाली शिक्षामा भएको खाडललाई पूर्न चाहन्थे। रौतहट, पूर्वी तराई र काठमाडौंमा अध्ययन गरेका उनले तिनै ठाउँको शैक्षिक अवस्थालाई नियालेका थिए। उनले तराई र काठमाडौंको शैक्षिक अवस्थामा जमिन आसमानको फरक पाए। उनले आफैँले पढ्दा पनि त्यो कुराहरूको महसुुस त गरेका थिए तर, ठाउँ र सुविधाका हिसाबले उनले सहरका विद्याथीले जस्तो वातावरणमा अध्ययान गर्न पाएका थिएनन्। 

उनी भन्छन्, ‘तराईमा त्यो बेलामा मात्रै होइन, अहिले पनि त्यस्तै छ। अध्ययनको लागि धेरै कुराको अभाव छ। त्यसैले होला एउटा विद्यार्थी विषय पढ्छ, टिचरको क्वालिफिकेसन त्यति नै हुन्छ तर सोच्न सक्ने क्षमता सहरका विद्यार्थीमा बढी हुन्छ किनभने, तराईमा त्यो विद्यार्थीले स्लेबस मात्रै पढ्न पाउँदा सरहको विद्यार्थीले धेरै जान्ने बनेको हुन्छ। नेपालको कन्टेक्स्टमा ठाउँले पनि म्याटर गर्दो रहेछ कुन स्कुलको कुन ठाउँको विद्यार्थीले के पाइरहेको छ सिलेबसको बाहेक अरुको कुरा के पाइरहेको छ बाहिरको विद्यार्थीले के पाइरहेको छ नेपालभित्र नै यसको एकदमै ठूलो समस्या रहेको छ।’ उनले भने। 

यस्तै उनी अन्टरप्रेनरसिपको अथवा इनोभेसनको र टेक्नोलोजीले उनीहरू दिमाग कतिको खुलेको छ कतिको लिट्रेसी छ र कतिको अवेरनेस छ भन्ने कुराहरू अन्टरप्रेनरले सानै लेभलबाट सिकाउने हुँदा नेपालमा विद्यालयस्तरबाटै यसबारे पढाइनुपर्ने बारे जोड दिन्छन्। 

नेपालमा किन आवश्यक इनोभेसन सेन्टर ? 

नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो। जसकारण समयसमयमा समस्याहरू आई परिरहन्छन्। भोलि के हुन्छ के थाहा सबै कुराको आवश्यक पर्छ। भोलिको लागि चाहिने कुराको क्रिएटिभ तरिकाले आविष्कार गर्न सकियोस्। र विद्याथीहरूले आफूले पढेको कुरालाई इप्लिमेन्ट गर्नका साथै यो चिजले सफलता प्राप्त गर्न सक्छ सक्दैन त्यसका लागि आवश्यक छ। यस्तै विद्यार्थीमा ओभरलोड कम गर्न, बिजनेस गर्न नयाँ आइडिया ल्याउनको लागि इनोभेसन सेन्टर आवश्यक भएको प्रणय बताउँछन्। 

‘विभिन्न ठाउँमा इनोभेसन सेन्टरहरू हुँदा विद्यार्थीलाई ओभरलोड हुँदैन। चाहेँ त्यो स्कुल कलेजको फिमा गएर होस् या न्यु आइडियाको खोजीमा त्यही सेन्टरमा आएका आइडिआ माथि काम गर्न सकिन्छ।’ 

विभिन्न देशसँग मिलेर काम गर्दै एन हब 

एन हब एक इनोभेसन सेन्टर हो, जहाँ हरेक दिन नयाँ आइडियाले जन्म लिएर त्यसमाथि काम भइरहेको हुन्छ। देशमा एउटा स्टार्टअपको ल्याउनको विभिन्न वर्कसपहरू ट्रेनिङहरू दिने, देशमा अथवा विदेशमा आफ्नो बिजनेस आइडियाहरू पिच गर्ने इभेन्टहरूमा इभेन्ट प्रोभाइड गर्न बेल्जियमको एउटा कम्पनीसँग स्टार्टअप कम्पनीसँग होमवर्क गर्दैछ। जसले नेपालमा इन्टरनेसनलाइजेसन गर्नुको लागि वर्क गर्दैछ। अरुको देशमा अथवा होल युरोपभरि नै जति पनि स्टार्टअपहरू छन् फिनल्यान्ड यताउति अरू देशका स्टार्टअप इभेन्टहरू छन् त्यसमा नेपाली स्टार्टअपहरूलाई बिजनेस गरी प्राथमिकताका साथ एक्सेस दिन एन हबले काम गरिरहेको छ। 

के गरिरहेको छ एन हबले ? 

हाल एन हबले स्टार्टअप नेपाल अभियानसहित अघि बढेको छ। हरेक प्रदेशको आआफ्नो स्टार्टअपहरू बनाएर आफ्नो जागृति यात्रा भनेर अन्टरप्रेनरसिपको एउटा यात्रा गरिरहको छ। जहाँ उद्यमी र उद्यमीलाई मेन्टरसिप दिने व्यक्ति र सँगसँगै आआफ्नो डोमेन लिएर नेपालको विभिन्न देश १० वटा सहरहरूमा भिजिट गरिरहेको छ। जसको उद्देश्य भनेको नेपालको पूर्वदेखि पश्चिमसम्म हो काठमाडौंमात्रै होइन भन्ने रहेको छ। आफूसँग भएको बिजनेस आइडियाले कसरी ग्रास रुट लेभलको समस्याहरूलाई कसरी परिमार्जन गर्न सक्छ त एउटा उद्यमीले भनेर त्यो सल्लाह र मेन्टर अनि उद्यमीलाई जोड्ने यात्राको रूपमा यो काम गरिरहेको छ। एउटा कार्यक्रममा मार्फत १०० उद्यमीलाई देशको १० विभिन्न सहरहरूमा भिजिट गराएर त्यहाँको समस्या पहिल्याउँदै त्यहाँबाट आइडिया बैंक सिर्जना गर्न खोज्दैछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.