१० हजार घरधुरीमा छैन शौचालय

१० हजार घरधुरीमा छैन शौचालय
फाइल तस्बिर ।
सुन्नुहोस्

कर्णाली : कर्णालीमा अहिले पनि झन्डै १० हजार घरधुरीमा शौचालय निर्माण भएका छैनन्। प्रदेशको ऊर्जा तथा जलस्रोत मन्त्रालयका अनुसार कर्णालीमा ९ हजार ५ सय ९६ घरधुरी शौचालयविहीन छन्।

कर्णालीमा कुल तीन लाख ६६ हजार ३७ घरधुरी छन्। जसमा सार्वजनिक ढल भएका शौचालय ८ हजार १ सय ४९ घरधुरीमा छ। सेफ्टीट्यांकी भएको शौचालय २ लाख २० हजार २ सय २६ घरधुरीमा छन्। खाडल भएका शौचालय १ लाख २६ हजार ७ सय ७९ घरधुरीमा छन्। १ हजार २ सय ८७ घरधुरीले सार्वजनिक शौचालयहरू प्रयोग गर्ने गरेका छन्। कर्णालीमा ३ लाख ५६ हजार ४ सय ४१ घरधुरीले शौचालयको निर्माण गरेका छन्। 

कर्णालीमा जिल्लागत संख्या हेर्दा सुर्खेतमै शौचालय नभएका घरको संख्या सबैभन्दा धेरै छ। सुर्खेतमा अझै पनि २ हजार १ सय ७३ घरधुरी शौचालयविहीन रहेका छन्। त्यसैगरी दैलेखमा १ हजार १ सय २०, सल्यानमा १ हजार ८३ र जाजरकोटमा १ हजार ६६ घरधुरी शौचालयविहीन  छन्।

यस्तै कालीकोटमा ९ सय २८, डोल्पामा ७ सय ५१, मुगुमा ६ सय ८५, जुम्लामा ६ सय ४९, हुम्लामा ६ सय १ र रुकुमपश्चिममा ५ सय ४० घरधुरी शौचालयविहीन छन्। 

कर्णालीमा १ हजार बढी घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्छन्। यहाँका कुल १ हजार २ सय २७ घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्ने गरेको अभिलेख छ। जसअन्तरगत सुर्खेतमा ३ सय ४६, दैलेखमा २ सय १, रुकुमपश्चिममा १ सय ४३ र जाजरकोटमा १ सय ४ घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्ने तथ्यांक छ।

जुम्लामा ९४, कालीकोट र मुगुमा ९२÷९२ घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्छन्। त्यसैगरी सल्यानमा ८३, डोल्पामा ७८ र हुम्लामा ५४ धरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्ने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.