युक्रेनी सहर कब्जा गरेको रुसको दाबी
रुसले आफ्नो सेनाले पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रको कुराखोभ्ये सहर पुनः कब्जा गरेको दाबी गरेको छ । तर युक्रेनले भने रुसको यो दाबी स्वीकार गरेको छैन ।
कुराखोभ्यलाई रणनीतिक दृष्टिकोणले महत्वपूर्ण स्थान मानिन्छ। युक्रेनले आइतबार यस क्षेत्रमा जवाफी हमला गरेको थियो, त्यसयता रुस र युक्रेनका सेनाबीच भीषण युद्ध चलिरहेको छ ।
समाचार एजेन्सी रोयटर्सले उपलब्ध गराएको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै चर्चामा छ । यो तस्विरमा कुराखोभोमा एक सैनिकले रुसी झण्डा बोकेको देखिन्छ ।
युक्रेनी संगठित सैन्य प्रवक्ता भिक्टर ट्रिलियुबोभले सोमबार बिहानसम्म युक्रेनी सेना कुर्खोभ्ये भित्र रुसी सेनासँग लडिरहेको बताएका थिए। बीबीसी