राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक : प्रदीप ज्ञवाली
काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा देखिएका सबै समस्याको समाधान संविधान संशोधनमा खोज्न नहुने बताए। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ज्ञवालीले संविधान कार्यान्वयनमा पात्र, संस्था र प्रवृत्तिहरूका कारणले पनि समस्या आएको हुनसक्ने भन्दै सबै समस्याको समाधान संविधान संशोधनमा खोज्न नहुने बताएका छन्।
उनले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरूको पहिचान गरेर मात्रै अघि बढ्न उचित हुने उल्लेख गरे। ज्ञवालीले संविधान संशोधनमार्फत सबै समस्याको हल गर्ने र हल हुन नसके संविधान नै बदल्ने सोचलाई त्याग्नुपर्ने बताए । उनले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्ने स्पष्ट पारे।
ज्ञवालीले मुलुक स्वभाविक लोकतान्त्रिक अभ्यासमा अघि बढेको उल्लेख गरे।