फोनपे बिजनेस एपमा अन-रिक्वेस्ट विदड्रअल सुविधा, अब निःशुल्क !

फोनपे बिजनेस एपमा अन-रिक्वेस्ट विदड्रअल सुविधा, अब निःशुल्क !
सुन्नुहोस्

ललितपुर : फोनपे, नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मले, व्यावसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन-रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ। 

यस सुविधाले व्यापारीहरूलाई कुनै पनि समयमा आफ्नो आवश्यकता अनुसार नगद निकाल्ने अवसर दिन्छ। अब, व्यापारीहरूले आफ्नो बैंक खाता मा नगद तुरुन्तै निकासी गर्न सक्नेछन् र यसका लागि कुनै अतिरिक्त शुल्क वा विलम्बको सामना गर्नु पर्दैन।

फोनपेले यो सुविधा ल्याउनको उद्देश्य व्यापारीहरूको नगद प्रवाहमा पूर्ण नियन्त्रण दिनु हो जसले गर्दा उनीहरूको वित्तीय व्यवस्थापन अझ प्रभावकारी र सुविधाजनक हुनेछ। व्यापारीहरूले आपूर्ति कर्ताहरूलाई भुक्तानी गर्न, कर्मचारीहरूको तलब व्यवस्थापन गर्न र आकस्मिक खर्चहरूको सामना गर्न यो सुविधा प्रयोग गर्न सक्नेछन्। र यो सुविधा फोनपे बिजनेस एपमा उपलब्ध छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.