संघीयता कार्यान्वयनसम्बन्धी कानुन बनाउन ढिलाई गर्न हुँदैन : गगन थापा

संघीयता कार्यान्वयनसम्बन्धी कानुन बनाउन ढिलाई गर्न हुँदैन : गगन थापा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने गरी कानुन बनाउनुपर्ने बताएका छन्।

संघीयता सवलीकरणका सन्दर्भमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा थापाले सबै तहलाई अधिकार सम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने र अधिकार सम्पन्न बनाउँदा पनि काम गर्न नसके समाधानको उपाय खोज्नुपर्ने बताए।

अहिले ठूला दल मिलेर सरकार गठन भएकाले सदनबाट कानुन बनाउन सहज हुने भएकाले संघीयता कार्यान्वयनसम्बन्धी कानुन बनाउन ढिलाई गर्न नहुने उनको भनाइ छ।

महामन्त्री थापाले पुराना र नयाँ भनिएका दलहरूसमेत संघीयताप्रति उद्धार भने हुन नसकेको जिकिर गरे। उनले संविधान संशोधनका लागि आवश्यक विषयमा खुलारूपमा बहस र छलफल हुने भएकाले यसप्रति कसैले शंका गर्न नपर्ने बताए। उनले सरकारमा गएकाहरूले पनि अधिकारलाई मुठ्ठीमा राख्ने गरेकाले संघीयता नै दुर्घटनामा पर्ने देखिएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.