ढोरपाटनमा यसवर्ष दोस्रो पटक हिमपात, जनजीवन कष्टकर
बागलुङ : बागलुङको ढोरपाटनमा यस वर्ष दोस्रो पटक हिमपात भएको छ। मंगलबार बिहानदेखि मौसम परिवर्तन भएसँगै आज दिउँसोदेखि हिमपात सुरु भएको हो।
हिमपातका कारण चिसो बढेको छ। हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय टार्जन थापाले जानकारी दिए। हिमपातले चिसो बढ्दा स्थानीयको जनजीवन कष्टकर भएको ढोरपाटन सिकार आरक्षका गेमस्काउट याम बहादुर थापाले बताए।
हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दाना हाल्न समेत गाह्रो भएको स्थानीय थापाको भनाइ छ।