भारत सरकारद्वारा निर्मित विद्यालय भवन हस्तान्तरण

भारत सरकारद्वारा निर्मित विद्यालय भवन हस्तान्तरण
सुन्नुहोस्

काठमाडौं : भारत सरकारद्वारा निर्मित बागलुङस्थित भीमगिठे माध्यमिक विद्यालयको भवन हस्तान्तरण गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त विद्यालयको भवन जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्तरूपमा हस्तान्तरण गरे। 

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो। यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको र जिल्ला समन्वय समितिमार्फत कार्यान्वयन गरिएको भारतीय दूतावासले जनाएको छ।

सहभागीहरूले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको सराहना गरेका थिए। भीमगिठे माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भई सन् सन् १९८८ मा यो विद्यालय माध्यमिक तहमा स्तरोन्नति भएको थियो। विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको छ। विद्यालयमा करिब ७०० जना विद्यार्थीहरू अध्ययनरत छन्, जसमा ५४ प्रतिशत छात्राहरू रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.