महोत्तरीका विद्यालयहरूमा जाडो बिदा

महोत्तरीका विद्यालयहरूमा जाडो बिदा
सुन्नुहोस्

महोत्तरी : अत्यधिक चिसोको कारण जनजीवन प्रभावित भएपछि महोत्तरीका सामुदायिक विद्यालयहरूमा जाडो बिदा दिइएको छ। पछिल्लो समयमा आएर शीतलहर अनि अत्यधिक चिसोपनको कारण प्रभावित भएपछि यहाँका सामुदायिक विद्यालयमा जाडो बिदाको बन्दोबस्त गरिएको हो।

गौशाला नगरपालिकाभरिका विद्यालयहरू अब माघ २ गतेका दिन खुल्ने भएको छ। अत्यधिक चिसोका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै माघे संक्रान्तिपछि अर्थात माघ २ गतेका दिन मात्र बिदा खुल्ने भएको गौशाला नगरपालिकाको कार्यालयका शिक्षा शाखाले जनाएको छ।

सोनमा गाउँपालिका शिक्षा शाखा संयोजक कौशलकुमार यादवका अनुसार चिसोको कारण विद्यार्थीहरूलाई विद्यालयसम्म आउनका लागि समस्या भएपछि पुस २९ गतेसम्मका लागि जाडो बिदा मिलाइएको छ। पालिकाभरिमा रहेको सामुदायिक विद्यालयहरू अब माघ २ गते खुल्ने संयोजक यादवले जानकारी दिएका छन्।

त्यस्तै भंगहा नगरपालिकाको कार्यालयले जारी गरिएको सार्वजनिक सूचना अनुसार पालिकाभरिका सामुदायिक विद्यालयमा पुस २९ गतेसम्म बिदा दिइएको जनाएको छ। वर्षे बिदाबाट कट्टा हुने गरी पिपरा गाउँपालिकाले पुस २९ गतेसम्म बिदा मिलाइएको गाउँपालिकाको कार्यालयले सूचना जारी गर्दै जानकारी दिइएको छ।

यस प्रतिकूल मौसमका समयमा बालबालिकाहरूलाई विशेष रूपमा सतर्कता अपनाउनका लागि गौशाला नगरपालिका मेयर दिपेन्द्र महतोले आग्रह गरेका छन्। अत्यधिक चिसोपनको प्रत्यक्ष असर बालबालिका, वृद्धवृद्धा तथा रोगीहरूमा पर्न गएकाले यसतर्फ ध्यान दिनका लागि मेयर महतोले सबैमा आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.