आच्छु ! कति चिसो

आच्छु ! कति चिसो
शीतलहरबाट जोगिन परालको आगो ताप्दै मुसहर बस्तीका महिला । तस्बिर : मनिका झा
सुन्नुहोस्

जनकपुरधाम : निरन्तर बग्ने चिसो हावाले मुटु नै जमाउला जस्तो भएको छ । शीतका थोपाहरू निरन्तर आकाशबाट झरिरहेका छन् । कुहिरोले नजिकैको घरसमेत ठम्याउन अप्ठ्यारो परेको छ ।

मधेसमा अहिले शीतलहरले चौतर्फी कब्जा जमाएको बेला बच्ने एक मात्र सहारा छ न्यानो लुगाफाटो, तातो र पौष्टिक खानेकुरा, बाक्लो ओछ्याउने र ओढ्ने सरसामान र आगो ताप्न दाउरा वा हिटर जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित मुसहर बस्तीका अधिकांश बासिन्दाहरूसँग यी कुनै उपायहरू छैनन् । 

चिसो भुइँमा पराल ओछ्याएर माटोको घरमा जेनतेन शीतलहर कटाउन बाध्य मुसहरीका बासिन्दाहरूका लागि न त स्थानीय सरकारले कुनै सहयोग गरेको छ न प्रदेश वा संघले नै । उपमहानगरपालिकाकै बासिन्दा भए पनि मुसहर बस्तीको अवस्था कुनै दुर्गम गाउँको भन्दा कम छैन । 

६० घर मुसहरको बसोबास रहेको बस्तीमा चिसो वा शीतलहरबाट जोगिन पराल नै मुख्य सहारा छ । उपमहानगरपालिकाले सहरका मुख्य चौक तथा बस्तीहरूमा चिसो छल्न आगो बाल्नका लागि दाउरा वितरण गरे पनि मुसहर बस्तीमा अहिलेसम्म कोही हेर्नसमेत नआएको दुःखेसो ५५ वर्षीय आगैर सदाले पोखिन्— ‘हाम्रो लागि कोही छैन हजुर । त्यता पर चौकमा दाउरा लिएर गाडीहरू आएको देख्छु । हिजो त मैले हाम्रो टोलमा पनि दाउरा दिनुस् आगो ताप्नका लागि भनेर मागेको पनि थिए तर, कसैले सुन्दैनन् । कुनै सहयोग गर्दैनन् उल्टा हप्काएर भन्छ तिमीहरूलाई खाना पकाउनका लागि दाउरा दिने होइन नि, यो त आगो ताप्नेहरूका लागि मात्रै हो । हामी त पराल तापेरै जेनतेन बस्न बाध्य छौं ।’

श्रीमान् लाल सदा बेरोजगार भएकाले आर्थिक रूपमा निकै कमजोर रहेकी आगैर मुटु कमाउने चिसोमा समेत बाक्लो स्विटर र कम्बल किन्न नसकेको सुनाइन् । माटोको दुईकोठे सानो छाप्रोमा आगैर १२ जनाको परिवार लिएर यस्तो चिसोमा जेनतेन गुजारा गरिरहेकी छिन् । ६० वर्षीय शिवशक्ति सदाको पनि चिसोले हाल बेहाल छ ।

‘चिसो हातमा लागेर अहिले हातै नचल्ने भएको छ,’ ठाउँठाउँबाट च्यातिएको सुइँटर र पुरानो सलले जेनतेन जिउँ ढाकेर न्यानो बन्न खोजिरहेकी शिवशक्तिले भनिन्, ‘हाम्रो घरपरिवारमा कमाउने मान्छे छैन । मौसम राम्रो भएको बेला जेनतेन मजदुरी गरेर घर परिवार चलाउँछौं । अहिले त घर बाहिर निस्कने अवस्था छैन् । कुनै आम्दानी छैन, अनि यस्तोमा खान त पुगेकै छैन, अनि न्यानो लुगाफाँटो कहाँबाट किन्ने । हामीलाई सहयोग गर्न न त कुनै नेताहरू आउँछ न त त्यो वडाअध्यक्ष नै ।’

मधेसमा मंसिरको मध्यबाटै सुरु हुने शीतलहरले सबैभन्दा बढी त्रासदी गरिब, दलित र विपन्न बस्तीहरूमा नै हुने गर्दछ । तर, यस्ता बस्तीहरूमा न त सरकारको कुनै पहुँच हुन सकेको न त दात्रृ संस्थाहरूकै । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मुसहर र दलित समुदायका बस्तीहरूका बालबालिकाहरूलाई रुखाखोकी, श्वासप्रश्वास र निमोनियाजस्ता रोगले सताउँदासमेत स्वास्थ्य उपचार हुन सकेको छैन ।  

सोही बस्तीको एक झुप्रो अगाडि दुई वर्षका रवि सदा चिसो भुइँमा नांगै खुट्टा खेलिरहेको भेटे । नाकबाट निरन्तर सिंगान बगिरहेको रविलाई पछिल्लो एक महिनादेखि रुघाखोकीले सताइराख्दा समेत आमा रीता सदाले उपचार गराउन सकेकी छैनन् । 

उल्टै शीतलहरको बेलासमेत रविलाई न्यानो बनाएर राख्ने उपाय रीतासँग छैन् । ‘उसको बुवा विदेश कमाउन गएको छ । घरमा पैसो छैन । मैले अर्काको जग्गामा काम गरेर जेनतेन परिवार चलाएको छु । खानपिउन त पैसा छैन् भने उसको उपचार कहाँबाट गराउने । एउटा जुत्ता किनदिउ भनेको त्यो पनि जोहो गर्न सकेको छैन्,’ आमा रीताले निकै मलिन अनुहार लगाउँदै भनिन्, ‘सानो छ अहिले अलि ठूलो भएपछि खासै बिरामी पर्दैन होला । यस्तै परालको आगो तापेर चिसो कटाउँछौं ।’

चिसोमा परालकै सहारा
धानबाली भित्र्याएर पराल थन्काएपछि मात्रै चिसो आउँछ र धन्न त्यो पराल हामी गरिबको चिसोबाट बच्ने सहारा बन्छ यदि पराल नभएको भए मधेसमा शीतलहरले सयौं गरिबहरू अकालमै ज्यान गुमाउथे होला,’ दलित अभियन्ता तथा शिक्षक सञ्जीव महरा भन्छन्, ‘हुने खानेका लागि यो चिसो वा शीतलहरले खासै फरक पार्दैन् । घरघरमा हिटर तापेर मान्छेहरू जाडो कटाउँछन् तर, गरिब र विपन्नहरूका लागि यस्तो विपत्तिमा एक मात्र सहारा पराल हुन्छ । परालै ओछ्याउने, त्योनै ओढ्ने र परालै बालेर आगो ताप्ने । यी गरिबहरूलाई हेर्न कसैको आँखा पुगेको छैन ।’

यता, मधेस प्रदेश सरकारले समेत शीतलहरका बेला जनतालाई राहत दिने कुनै योजना ल्याउन नसकेको भन्दै मंगलबार प्रदेशसभाको बैठकमा चर्को आलोचना भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसद विमला अन्सारी तरनुमले भनिन्, ‘मधेसको मुख्य प्राकृतिक विपद्को रूपमा रहेको शीतलहरमा जनतालाई राहत पुर्‍याउन प्रदेश सरकारको कुनै ध्यान नजानु निन्दनीय छ । गत साता नै रौतहटमा एकजना ४० वर्षीय अटो चालकको चिसोले कठ्यांग्रिएर मृत्यु भयो  । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.