मकवानपुरमा ट्राफिक नियम उल्लङ्घनको घटना बढ्यो

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घनको घटना बढ्यो

हेटौंडा : मकवानपुरमा ट्राफिक नियम उल्लङ्घनका घटनामा वृद्धि भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १६ हजार ३ सय २१ वटा सवारी साधनलाई कारबाही गरेको छ। 

कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि पुस १८ गतेसम्म ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गर्दा १ करोड २६ लाख ४३ हजार रुपैयाँ राजश्व संकलनसमेत गरेको छ। 

कार्यालयले चालु आर्थिक वर्षको श्रावण मसान्तमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन मार्फत ३० लाख ८७ हजार ५ सय रुपैयाँ,भदौमा २६ लाख १४ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले बताए। यस्तै असोज महिनामा १६ लाख ६६ हजार ५ सय रुपैयाँ, कात्तिकमा २१ लाख ९ हजार, मंसिरमा १८ लाख ९५ हजार र पुस महिनाको १८ गतेसम्म ११ लाख ७१ हजार रुपैयाँ गरी कुल १ करोड २६ लाख ४३ हजार रुपैयाँ राजश्व संकलन उनले बताए। 

यसबीच जिल्ला ट्राफिक कार्यालय मकवानपुरले ट्राफिक नियम उल्लंघनको घटना न्यूनीनकरणका लागि जिल्लामा सवारी चालक र सहचालकको स्वास्थ परीक्षणको कार्यक्रम, सवारी साधनको यान्त्रिक परीक्षण, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकहरूलाई कक्षा संचालन, लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको जन गुनासो आए लगत्तै त्यसको चेकजाँच लगायतको कार्यक्रमहरू गर्दै आइरहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक अधिकारीले बताए। 

यसअघि कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ८ लाख ९१ हजार ५ सय रुपैयाँ, आर्थिक वर्ष २०७७/०७८ मा २ करोड ४५ लाख ८८ हजार ५ सय रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा २ करोड ३६ लाख ९० हजार ५ सय राजश्व संकलन गरेको थियो।

यस्तै आर्थिक वर्ष २०७९/८० मा ३ करोड ६९ लाख ६७ हजार रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा २ करोड ८३ लाख ४२ हजार ५ सय ४ रुपैयाँ राजश्व संकलन गरेको थियो। कार्यालयले सवारी नियम उल्लंघन गर्ने मादकपदार्थ सेवन गरि सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने सार्वजनिक यातायातहरूलाई कारबाहीको प्रक्रियामा ल्याइ कारबाही गर्ने गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.