वीरगन्जको हरपतगन्जबाट गाँजासहित चारजना पक्राउ

वीरगन्जको हरपतगन्जबाट गाँजासहित चारजना पक्राउ
तस्बिर : अन्नपूर्ण

वीरगन्ज : वीरगन्ज महानगरको ग्रामीण भेगबाट प्रहरीले लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका -२० हरपतगञ्जबाट मंगलबार राति प्रहरीले चारवटा पोकामा रहेको ५० केजी गाँजासहित चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुरका ४० वर्षीय पारस यादव,५२ वर्षीय मैनुदिन मियाँ,वडा नम्बर ७ तीनटोलियाका ३६ वर्षीय अकबर मियाँ र वडा नम्बर ७ कै छपकैयाका ४५ वर्षीय शिव महत्तो रहेका छन् ।

विशेष सूचनाको आधारमा मंगलबार राति ९.३० बजे खटिएको प्रहरी टोलीले हरपतगन्ज चोकस्थित सडकभन्दा ५ सय मिटर परको कू्रलोको बाटो हुँदै टाउकोमा गाँजा बोकेर जाँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक किशोर लम्सालले बताए ।

गाँजासहित नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको लम्सालले बताए ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.