सहकारी ठगी प्रकरण : अञ्जला कोइरालाको थुनछेक बहस जारी

सहकारी ठगी प्रकरण : अञ्जला कोइरालाको थुनछेक बहस जारी
सुन्नुहोस्

विराटनगर :  सहकारी ठगीमा मुछिएकी अञ्जला कोइरालाको थुकछेक बहस सुरू भएको छ। मोरङ जिल्ला अदालतमा उनको बयान सकिएलगत्तै  थुनछेक बहस सुरू भएको हो।

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले अहिले कोइरालाविरुद्धको थुनछेक बहस भइरहेको जानकारी दिए। उनका अनुसार थुनछेक बहस सकिए आजै फैसला आउने संभावना रहेको बताए।

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा थुनछेक जारी छ।  थुनछेक बहसपछि कोइरालालाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छोड्ने आदेश आउनेछ।

कोइराला प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती हुन्। सहकारी ठगी प्रकरणमा फरार कोइराला आज बिहान मोरङ जिल्ला अदालतमा उपस्थित भएकी हुन्।

मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम मुछिएकी कोइराला अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।

कोइरालासहित सहकारीका अध्यक्ष शम्भु रौनियार,रंगली २ का वडाअध्यक्ष सन्तलाल खवास गरी २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

इलाका प्रहरी कार्यालय रंगेलीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत मंसिर २७ गते अञ्जला र सहकारीका अध्यक्ष रौनियारसहित २६ जनाविरुद्ध २६ करोड ४८ लाख २७ हजार रुपैयाँ बिगो मागसहित मुद्दा दर्ता गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.