नेप्से परिसूचक सामान्य अंकले बढ्यो, कुन-कु कम्पनीको मूल्य घटयो ?
काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ६.३८ अंकले बढेर २६५३.२३ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.२२ प्रतिशतले बढेर ४५१.५० विन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा बन्द भएको थियो । सो दिन ५ अर्ब ३८ करोड मूल्यको सेयर कारोबार भएको थियो। आज ३०५ स्क्रिप्सको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७८४ रुपैयाँमा खरिदबिक्री भए।
सामान्य अंकले बढेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले बढेको हो। सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा न्यादी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको २२ करोड ५३ लाख ४९ हजार ५९७ रुपैयाँको सेयर कारोबार भयो। सिन्धु विकास बैंकको १९ करोडको कारोबार हुँदा सुपर मादी हाइड्रोपावरको १८ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १५ करोड र नेपाल फाइनान्सको १४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १३९ स्टक्सको मूल्य बढ्दा ९५ वटाको घट्यो। ८ वटा समूहको मूल्य भने आज स्थिर रह्यो। आज ६ समूहको उपसूचक बढ्दा अन्यको घट्यो। फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.७० प्रतिशतले बढ्यो।