चितवनमा जलपंक्षीको गणना सुरू, ५३ गणक खटिए

चितवनमा जलपंक्षीको गणना सुरू, ५३ गणक खटिए
सुन्नुहोस्

काठमाडौं : जलमा आश्रित चराको गणना चितवनमा सुरू भएको छ ।  प्रत्येक वर्षको जनवरी ४ देखि सुरू हुने चरा गणना यस पटक भने जनवरी ६ देखि सुरू भएको हो । यो समयमा बाहिरबाट जलपक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् । 

जलपक्षी गणना चितवनको पटिहानी २२ घडगाईदेखि गोलाघाटसम्म र माडीको बगई पुलदेखि रिउ दोभान सम्म ३६ किलोमिटर सम्म गरिने पश्चिम चितवन क्षेत्र चरा गणनाका सयोजक मनेश कुमार लिम्बूले बताए। 

त्यस्तै जल आश्रित चरा गणना चितवनको नारायणी नदी राप्ती नदी र सिमसार क्षेत्रमा गर्ने गरिएको उनले जनकारी दिए। राप्ती नारायणी नदीको दिब्यनगर र माडी क्षेत्रमा चरा गणनाका लागि ५३ जना गणकहरू खटिएको लिम्बूले बताए।

पानी चरा उत्तरी क्षेत्र साईबेरीया, रसिया, तिव्वत, मंगोलिया लगायतको देशहरूबाट आउने गरेका छन् । गत वर्षको गणनामा ४७ प्रजातीको पानी चरा भेटिएका थिए । चरा गणना जनवरी १९ सम्म चल्ने बताइएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.