ठोरीमा हात्तीले फेरि आतंक मच्चायो

ठोरीमा हात्तीले फेरि आतंक मच्चायो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : पर्साको ठोरीमा फेरि जंगली हात्तीले आतंक मच्चाएको छ । चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट बुधबार बिहान गाउँ छिरेको हात्तीले आतंक मच्चाएको हो । बुधबार बिहान ३ बजेतिर जंगलबाट गाउँ छिरेको हात्तीले ठोरी गाउँपालिका - २ गौतमनगरका चेतबहादुर बस्नेतको घरको बार भत्काएर भकारीमा राखिएको १२ मुरी भन्दा बढी धान खाइदिएको छ।

त्यस्तै, गौतमनगरकै काजी प्याकुरेलको घर  पनि हात्तीले भत्काइदिएको छ। घरमा राखिएको धान खाइदिएको वडाध्यक्ष अमृतकृष्ण सापकोटाले जानकारी दिए। त्यहि हात्तीले गौतमनगरकै सीता गौतमको घरको बार पनि भत्काइ दिएको सापकोटाले जानकारी दिए।

घरमा धान खाइ रहेको अवस्थामा गाउँलेहरूले होहल्ला गरी भगाएको गौतमनगरका स्थानीय जगन्नाथ बस्नेतले जानकारी दिए। स्थानीयहरूले हल्लागरी भगाएको हात्ती इच्छानगरमा पसेको थियो । गौतमनगरबाट धपाइएको हात्ती इच्छानगरमा पसेर बिहान ११ बजेसम्म मानवबस्तीमै डुलेको थियो । जसका कारण स्थानीय आतंकीत बनेका थिए ।

हात्ती भएको क्षेत्रतिर नेपाली सेनालले स्थानीयबासीलाई आवतजावतमा रोक लगाएको थियो । तीनदिन पहिले मात्रै ठोरीसँगै जोडिएको निकुञ्जको अमुवा पोष्टमा तैनाथ नेपाली सेनाका एक जवानलाई हात्तीले घाइते बनाएको  थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.