अञ्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न आदेश

अञ्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न आदेश
सुन्नुहोस्

विराटनगर : सहकारी ठगीका आरोपी अञ्जला कोइरालालाई जिल्ला अदालत मोरङले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

कोइराला प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती हुन्। सहकारी ठगी प्रकरणमा फरार रहेकी कोइराला आज बिहान मोरङ जिल्ला अदालतमा उपस्थित भएकी थिइन्। 

मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम मुछिएकी कोइराला अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्। कोइरालासहित सहकारीका अध्यक्ष शम्भु रौनियार, रंगली २ का वडाअध्यक्ष सन्तलाल खवास गरी २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

इलाका प्रहरी कार्यालय रंगेलीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत मंसिर २७ गते अञ्जला र सहकारीका अध्यक्ष रौनियारसहित २६ जनाविरुद्ध २६ करोड ४८ लाख २७ हजार रुपैयाँ बिगो मागसहित मुद्दा दर्ता गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.