संविधान संशोधन एजेन्डासहित कांग्रेसको कचनकवल-सगरमाथा जागरण अभियान सुरू

संविधान संशोधन एजेन्डासहित कांग्रेसको कचनकवल-सगरमाथा जागरण अभियान सुरू
सुन्नुहोस्

झापा : नेपाली कांग्रेसले कचनकवल-सगरमाथा जागरण अभियानको शुभारम्भ गरेको छ। नेपाली कांग्रेस कोशी प्रदेश समितिले सङ्गठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिको आधार र जलवायु परिवर्तनका प्रभाव पहिचान गर्ने उद्देश्य राखेर नेपालको सबैभन्दा होचो भू-भाग कचनकवल स्तम्भबाट जागरण अभियानको शुभारम्भ गरेको हो। 

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मालगायत मन्त्री तथा नेताहरूले बुधबार एक समारोहकाबीच अभियानको शुभारम्भ गरे। शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको अपेक्षाबमोजिम संविधान संशोधन गर्नुपर्ने बताए। 

७० वर्षसम्म एउटै प्रधानमन्त्रीले पाँच वर्षसम्म शासन नगरेको देशमा पाँच वर्षसम्म लगातार टिक्ने प्रधानमन्त्री कसरी बनाउने भनी पद्धतिको खोजी गरी संविधान संशोधन गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ। ‘प्रधानमन्त्रीज्युले २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नुभएको मैले सुने,’ महामन्त्री शर्माले भने, ‘एमालेको बैठकमा प्रधानमन्त्रीले त्यो भन्नुभयो भने त्यसमा पनि मेरो विमति छ। कांग्रेस र एमालेले सात बुँदे समझदारी गर्दै संविधान संशोधन आजको आवश्यकता र पुनःमुल्यांकन गरी संशोधन गर्नुपर्ने भनेका छौं।’ 

०८७ मै संविधान संशोधन गर्नुपर्ने भएमा एमाले र कांग्रेसको छलफलबाट मात्रै नयाँ मितिको परिकल्पना गर्न सकिन्छ। न त्यो भन्ने हक एमालेका अध्यक्षलाई छ, न कांग्रेसका सभापति वा महामन्त्रीलाई नै छ। हामीले ०८४ को निर्वाचनअघि संविधान संशोधन गर्नुपर्छ। ‘स्थिर प्रकृतिको प्रधानमन्त्रीको परिकल्पना गर्नुपर्ने सार्वजनिक रूपमै प्रस्ताव राख्दै आएको छु,’ उनले भने। 

संविधान संशोधन एमाले र कांग्रेसले चाहेरमात्र हुँदैन। संविधान लेख्ने बेलामा जसरी सबै पार्टीका नेताहरूको साथ सहयोग रहेको थियो। उनले भने, ‘अब संशोधन गर्ने बेला पनि प्रमुख प्रतिपक्ष माओवादी, मधेस केन्द्रित दल तथा नयाँ दलहरूलाई विश्वास दिलाएर संशोधनको प्रक्रियामा जानुपर्छ।’ 

हामीलाई ०८४ को चुनाव कसरी जित्ने विषयभन्दा पनि देशलाई कसरी जोगाउने भन्ने ठूलो चिन्ता रहेको बताउँदै उनले भने, ‘जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपत्तिको रक्षा कसरी गर्नेमा चिन्ता बढी छ।’

त्यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जनताको आर्थिक प्रगतिका लागि कांग्रेसले संर्घष गरिरहेको बताए। कांग्रेस र एमालेको सहमतिमा सरकार बनेको र एमाले नेतृत्वमा सरकार गठन भएपनि सैद्धान्तिक तथा नीतिगत रूपमा देशलाई अगाडि बढाउने सन्दर्भमा कांग्रेस पार्टीको नीतिगत नेतृत्व रहने नेता सिटौलाको भनाइ छ । 

‘त्यसैले हामीले भन्ने गरेका छौं संविधान संशोधन गरौं। कुनै पार्टी वा नेता विशेषको पक्षमा होइन, जनताको पक्षमा गरौं,’ नेता सिटौलाले भने। कांग्रेस झापा सभापति देउमान थेबेको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा कोशी सभापति उद्धव थापाले यो जागरण अभियान आगामी असार २० गते विश्वकै अग्लो चुचुरो सगरमाथामा पुगेर समापन गरिने कार्यक्रम रहेको बताए। 

आजबाट सुरु भएको यो अभियानको क्रममा १४ वटै जिल्लामा सात महिने विभिन्न कार्यक्रमहरू आयोजना गरिने कोशी सभापति थापाले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.