सूर्यदर्शन सहकारी ठगी प्रकरण

रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस सकियो, थुनछेक आदेश आउँदै

रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस सकियो, थुनछेक आदेश आउँदै
सुन्नुहोस्

काठमाडौं : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत सातजनाविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस सकिएको छ। 

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सरकारी वकिलको जवाफी बहस सकिएको र थुनछेक आदेशको तयारीमा रहेको जानकारी दिए। उनका अनुसार  जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गोविन्द गौलीले जवाफी बहस गरेका हुन्।

न्यायाधीश नीतिज राईको इजलासमा यही पुस ६ गतेदेखि सहकारी ठगी मुद्दाका रविसहित सातजना प्रतिवादीहरूको थुनछेक बहस सुरू भएको हो। सहकारी ठगीका आरोपित लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी,लिला पछाई,रामबहादुर खनाल,मीना गुरूङ ,कृष्णबहादुर गुरुङ र आरती गुरूङविरुद्ध थुनछेक बहस जारी  छ।

कास्की जिल्ला अदालतमा बुधबार प्रतिवादी तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि आज सरकारी वकिलको जवाफी बहस गरेका हुन्।  

लामिछानेको मुद्दामा फैसला सार्वजनिक गर्ने तयारीसँगै कास्की जिल्ला अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। भीडभाड गर्न पनि रोक लगाइएको छ।  जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई टार्न  अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको हो।

थुनछेक बहसपछि लामिछानेलगायत सहकारी ठगीका आरोपितलाई  पुर्पक्षका लागि थुनामै राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश आउनेछ।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय,कास्कीले लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।

सहकारीको बचत रकम उपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। 

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै जोशी,पछाई, गुरूङ र  खनालविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.