मोरङको मालती पुलमा ४ वटा सिलिन्डर बम फेला

मोरङको मालती पुलमा ४ वटा सिलिन्डर बम फेला
सुन्नुहोस्

विराटनगर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका-७ मालती पुलनजिकै ४ वटा सिलिन्डर बम फेला परेको छ। बम रहेको हल्ला चलेपछि खोजीका लागि पूर्वपश्चिम राजमार्ग खण्डमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो। 

खोजतलासका क्रममा मालती पुलबाट क्रिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको अवस्थामा बिहीबार दिउँसो ४ वटा सिलिन्डर बम फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार माओवादी द्वन्द्वकालमै बम राखिएको सूचना आएको थियो। सूचनालगत्तै पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब २ किलोमिटर सडकमा सवारी आवागमनमा रोक लगाइएको थियो। बिहीबार बिहान ८ बजेदेखि सवारीसाधन डाईभर्ट गरिएको र घटनास्थल वरपर आवतजावतमा रोक लगाएको जोशीले बताए। जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैंचा-७ को मालती पुल आसपासमा द्वन्द्वकालको बम रहेको सूचना आएको थियो।

राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै माओवादीकै केही नेताले स्थानीय प्रशासनलाई सूचना दिएको स्रोतले बतायो। फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोजको तयारी गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.