धादिङको आदमघाटमा सवारी दुर्घटना : तीनजना घाइते काठमाडौं रिफर, चालक प्रहरी नियन्त्रणमा

धादिङको आदमघाटमा सवारी दुर्घटना : तीनजना घाइते काठमाडौं रिफर, चालक प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

काठमाडौं : धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा घाइते हुनेको संख्या १६ पुगेको छ। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख ६६६ नम्बरको हाइस र विपरित दिशाबाट आउँदै गरेको ना ६ ७१८ नम्बरको ट्रक धादिङको गल्छी गाउँपालिका- ४ स्थित आदमघाटमा ठोकिँदा उक्त दुर्घटना भएको हो। धादिङ प्रहरीका अनुसार बिहीबार  दिउँसो साढे दुई बजेतिर दुर्घटना भएको हो।

घटनालगत्तै उद्दार गरी घाइतेहरूलाई उपचारका लागि अम्बिभरोसा अस्पताल गल्छी पठाइएको छ। घाइतेहरूमध्ये धेरैको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ।

 दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.