साताको अन्तिम कारोबार : नेप्से घट्यो,कारोबार बढ्यो

साताको अन्तिम कारोबार : नेप्से घट्यो,कारोबार बढ्यो
सुन्नुहोस्

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९  विन्दुमा अडिएको छ। नेप्से घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। बुधबार ६ अर्ब ४० करोडको सेयर कारोबार भएको थियो।

यसदिन ३०८ स्क्रिप्सको १ करोड ५७ लाख  २३ हजार  ३७९ कित्ता सेयर ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५८१ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बराही हाइड्रोपावर र हिमालयन पावरको सेयर १० प्रतिशतले बढेको हो। रिभर फल्सको सेयर ८.१९ प्रतिशतले बढ्दा न्यादी हाइड्रोपावरको ७.६४ बढ्यो।

आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.२३ प्रतिशतले घटयो। कारोबार रकमका आधारमा सुपर मादी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

सिनर्जी पावर डेभलपमेन्टको २८ करोडको सेयर कारोबार हुँदा सिन्धु विकास बैंकको २५ करोड, हिमालयन पावरको १९ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ५५ स्टक्सको मूल्य बढ्दा १८० वटाको घट्यो। ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। होटल्स एण्ड टुरिजम समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.