बिजुली पुग्दा स्थानीयहरू हर्षित

बिजुली पुग्दा स्थानीयहरू हर्षित
सुन्नुहोस्

मुगु : छायानाथ रारा नगरपालिका-१० र ११ नम्बर वडाका १० वटा बस्तीमा बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन्।

    
छायानाथ रारा नगरपालिका—१० नम्बर वडाको घट्टलेख, ल्वारपोल्न, तलिलेख झाकोट, गाँडापानी, चराप र ११ नम्बरको रोवा,र्‍याक्चेकाटी, सालिम तलि सालीमामा राष्ट्रिय प्रसारणको बिजुली पुगेपछि यहाँका स्थानीयहरू हर्षित भएका हुन।
   
नगरपालिकाको-१० र ११ वडाको १० बस्तीमा बिजुली पुगेसँगै नगरपालिका भित्रका ८२ बस्तीमा बिजुली पुगेको छ। वडा नम्बर १४ को सुम्ली, १२ को लुम्स, कम्फा, बालचौर र भड्डाँडीमा बिजुली पुग्न बाँकी छ।

बिजुली नपुगेर दियालो बालेर घर उज्यालो गर्दै आएका यहाँका स्थानीयहरूका घरमा बुधबारदेखि बिजुली पुगेर उज्यालो भएपछि सबै भन्दा वृद्धवृद्धा र स्कुले बालबालिकाहरूलाई राहत भएको छायानाथ रारा नगरपालिका-१० का वडाध्यक्ष कुञ्जुमा कुमाईले बताइन्।

बिजुली पुगेपछि घर भित्रको वातावरण तथा विद्यार्थीहरूको पढाइमा समेत राहत हुने छायाँनाथ र रारा-१०  घट्टलेखका पूर्ण सेजुवालले बताए। नगरप्रमुख विष्णु कुमार भामले बुधबार दुवै वडामा रहेका विद्युतका स्विच  अन गरेर उद्घाटन गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.