अन्नपूर्णले क्यान्सरविरुद्ध सचेतना जगाउन साइकल र्‍याली गर्ने

अन्नपूर्णले क्यान्सरविरुद्ध सचेतना जगाउन साइकल र्‍याली गर्ने
सुन्नुहोस्

काठमाडौंः  अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध विश्वव्यापी दिवसका अवसरमा सचेतना जगाउने उद्देश्यले माघ २६ गते शनि‍बार साइकल र्‍याली आयोजना गर्ने भएको छ।

क्यान्सरको पहिचान, उपचार र रोकथामका लागि जनचेतना जगाउन फेब्रुअरी ४ लाई हरेक वर्ष विश्वभरि नै क्यान्सरबिरुद्धको दिवस मनाइन्छ। अन्नपूर्ण मिडिया नेटवर्कले सन् २०१५ देखि हरेक वर्ष यस दिन क्यान्सरबिरुद्ध सर्वसाधारणलाई सचेत गराउन साइकल र्‍याली आयोजना गर्दै आएको छ। हालसम्म २० हजार जनाले साइकल र्‍यालीमा सहभागीता जनाइसकेका छन्।  र्‍यालीको नारा ‘राइड फर लाइफ’ रहेको छ।

‘संसारभर क्यान्सर रोगको उपचारका लागि औषधिबारे वैज्ञानिकहरू गहन अनुसन्धान गरिरहेका छन्। तर हालसम्म पनि क्यान्सर पूर्ण रूपमा ठीक हुने औषधि पत्ता नलागेको अवस्थामा त्यो रोग नियन्त्रणका लागि चेतना जगाउन काम महत्वपूर्ण हो’ अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले भने ‘त्यसले हामीले हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष क्यान्सर विरुद्ध सचेतना जगाउन साइकल र्‍याली गरिरहेका छौं।’

पछिल्लो समयमा भयावह रोगका रूपमा फैलिँदै गएको क्यान्सर समयमै पहिचान गरेर उपचार गर्दा पूर्णतयाः निको हुने भएकाले यसबारे चेतना जगाउन कार्यक्रम आयोजना गरिएको नेटवर्कले उल्लेख गरेको छ। नेटवर्कले यस वर्षदेखि पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण अभियानसमेत थालेको छ। नेटवर्कले क्यान्सरविरुद्ध सचेतना र जागरण अभियानमा सहभागी हुन सबैलाई आह्वानसमेत गरेको छ।

साइकल र्‍यालीका लागि अनलाइनबाट फारम भर्न सकिने बताइएको छ। अनलाइनबाट फारम भर्दा यस लिंकमा क्लिक गरी भर्न सकिनेछ। साथै नेटवर्कको फोन.न ०१४११२०३१(३७२८) मा कल गरेर पनि साइकल र्‍यालीका लागि नाम दर्ता गराउन सकिनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.