अख्तियारलाई घुस दिने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नुवाकोट किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
अछाम मेल्लेख गाउँपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका बेला सापकोटा १ लाख रुपैयाँसहित अख्तियारले नियन्त्रणमा लिएको थियो।
उनीविरुद्ध मेल्लेख गाउँपालिकाको मेसिनगरी सामान खरिदसम्बन्धी उजुरी परेको थियो। उजुरीसम्बन्धित कागजात पेश गर्न भनी आयोगको कार्यालय कञ्चनपुरले भनेपछि उनी अनुसन्धान अधिकृतको कार्यकक्षमा गइ कागजातसँगै खाम दिएका थिए।
उक्त खाम खोलेर दिनुभन्दा खामभित्र १ लाख रुपैयाँ भेटिएको थियो। रकमबारे सोधुपुछ गर्दा उनले मुद्दा मिलाइदिन ल्याएको जवाफ दिएका थिए।
त्यसपछि अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।