सिंहदरवारमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
काठमाडौं : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेताहरूबीच छलफल भएको हो।
उनीहरूबीच संयुक्त समाजवादी मोर्चालगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन्। पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल भएको बुझिएको छ।