यस्तो छ थाइल्यान्डमा नेटाको उपस्थिति
गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाइल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रीको आंकडा अनुसार नेटाले ६८४ युनिट प्राप्त गरेको बताइएको छ। उक्त तालिकामा नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब्राण्डका इलेक्ट्रिक सवारी साधनहरू समावेश भएको पाउन सकिन्छ। नेपालका लागि नेटा ब्राण्डको आधिकारिक वितरक सिजी मोर्टसले नेटाका यी दुवै मोडलका कारहरू नेपालमा पनि बिक्री वितरण गर्दै आइरहेको छ।
नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन चाहनुहुने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो। यसको ४०.७ kW ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ जबकि ५० kW मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ। १२० Nm टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तीव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ। नेटा भी छिटो २० मिनेटको चार्जमा ३०% बाट ८०% सम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एकल चार्जमा ३८० किमि दायरा छ र यो सिएटिएलका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ। जसको ८ वर्ष वा १५०,००० किमि वारेन्टी छ।
नेटा एक्स एकल चार्जमा ५०० किमिसम्म यात्रा गर्न सक्छ। यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ जसले चालकलाई सुरक्षा महसुस गराउँछ। सीएटिएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १, ८०, ००० किमि वारंटीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ। यी सुविधाहरूले नेटा एक्सलाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयुभीका रूपमा आकर्षक विकल्प बनाउँछ।