एमालेले कुनै पार्टीसँग एकता गर्दैन : प्रधानमन्त्री ओली

एमालेले कुनै पार्टीसँग एकता गर्दैन : प्रधानमन्त्री ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कुनै पार्टीसँग एकता नगर्ने बताएका छन्। अनेरास्ववियुले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा बिहीबार च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले एमालेले अरु कुनै पार्टीसँग एकताको पहल नगर्ने तर मर्ज हुन आउने पार्टीलाई स्वागत गर्ने बताए।

एकीकरणका नाममा पदमा निकै लफडा हुने गरेको भन्दै उनले एमालेको नीति निर्णयलाई स्वीकार गर्नेलाई मात्रै भित्र्याउने उल्लेख गरे।

अध्यक्ष ओलीले एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्तिको निर्माणको दिशामा अग्रसर भएको उल्लेख गरे। एमालेलाई सिध्याउँदै भन्नेहरूलाई पनि आफूहरूले जनमतमा पहिलो शक्ति भएर देखाइदिएको उनले बताए।

उनले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखी बिना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी संगठन अनेस्ववियुलाई निर्देशन दिए। 

कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग समेटिएको पुस्तकको लोकार्पण गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.