कृषि उत्पादन बढाउन प्रदर्शनी

कृषि उत्पादन बढाउन प्रदर्शनी
सुन्नुहोस्

तानसेन : बगनासकाली गाउँपालिकाको अधिकांश भूभाग कृषियोग्य जमिन रहेकोले पालिकाले कृषि उत्पादनमा वृद्धि गर्न, कृषकका समस्या, गुनासाहरू सुन्न र सम्बोधन गर्न १२ दिने स्थानीय उत्पादनको प्रदर्शनी तथा मेला गरेको छ। बगनासकाली गाउँपालिका तरकारी, अदुवा बेसार, दूध, मौरी, लहरेबाली, मसलाजन्यलगायतका कृषि उत्पादनमा प्रख्यात रहेको छ। 

गाउँगाउँमा कृषि उत्पादन वृद्धि गर्न, कृषकहरू उत्पादनप्रति हौसल्ला बढाउन, कृषि उत्पादनमा प्रोत्साहन गर्न बगनासकाली गाउँपालिकाले पालिकास्तरीय कृषिमेला तथा प्रदर्शनी गरेको हो। पालिकाले विभिन्न ४ कृषि विधालाई प्राथमिकता दिई पालिकास्तरीय कृषि मेला तथा प्रदर्शनी गरेको थियो। कृषि उत्पादन प्रदर्शनी तथा मेलामा पालिकाभरिका १ सय १ जना कृषकले खेतबारीमा उत्पादन गरेका कृषि उत्पादन प्रदर्शन गरेका थिए। 

कृषकलाई कृषि पेसाप्रति आकर्षण गराउँदै उत्पादनप्रति हौसल्ला बढाउन पालिकास्तरीय कृषि मेला तथा प्रदर्शनी आयोजना गरेको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी दर्लामीले बताइन्। गाउँपालिकाले सबैभन्दा धैरे बजेट कृषि क्षेत्रमा लगानी गर्दै आएकोले कृषकलाई व्यावसायिक बनाउँदै घरघरमा रोजगारी बढाउन कृषि मेला तथा प्रदर्शनीले सहयोग पुगेको पालिका अध्यक्ष दर्लामीले बताइन्। 

गाउँपालिकाको प्रमुख आयस्रोत भनेकै कृषि उत्पादन हो। प्रत्येक वडा, टोल, टोलमा व्यावसायिक कृषि उत्पादन बढाउन, उनीहरूलाई प्रोत्साहन गर्न, कृषि उत्पादनसम्बन्धी मल, बिउ, पानी, रोग किरा नियन्त्रण, विषादीको प्रयोगको बारेमा जानकारी गराई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन पालिकाले कृषि मेला तथा प्रदर्शनीको आयोजना गरेको पालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताए। 

पालिकास्तरीय कृषि प्रदर्शनीले १ सय १ वटै किसानले उत्पादन गरेका विभिन्न किसिमका कृषि उत्पादन हेरेर, कृषि उत्पादनको तरिका, मल बिउ तथा खेती गर्ने विधिको बारेमा जानकारी लिएको बगनासकाली– ९ चापपानीकी सीता बस्यालले बताइन्। पालिकाले विगत दुई वर्षदेखि कृषि प्रदर्शनी तथा मेला सञ्चालन गर्दै आएको छ।

आव २०७९/८० मा पालिकाले ९ वटै वडामा, आव २०८०/८१ मा पालिकास्तरीय र चालु आर्थिक वर्षमा पनि पालिकास्तरीय कृषि मेला तथा प्रदर्शनी आयोजना गरी कृषिमा देखिएको उपलब्धि, समस्या, सुझाव एकअर्कालाई जानकारी गर्ने गराउने, एकआपसमा सिक्ने सिकाउने काममा सहयोग पुगेको कृषि शाखा प्रमुख रामहरि गैरेले बताए। प्रदर्शनीले गत वर्षभन्दा गुणस्तरीय उत्पादन भएको, उत्पादनमा वृद्धि भएको, कृषकहरू जागरूग र चेतनामा वृद्धि भएको, कृषि उत्पादनमा मागहरूमा वृद्धि भएको कृषि प्रमुख गैरेले बताए। 

कृषि प्रदर्शनी तथा मेलामा तरकारी फलफूल पुष्प बाली, मसला नगदे तथा गाना बाली, स्थानीय रैथाने बाली र दलन, तेलहन, तथा खाधान्न बाली गरी ४ विधामा कृषकले उत्पादनहरू ल्याएका थिए। प्रदर्शनीले जोश जागर चलाए जे पनि राम्रोसँग उत्पादन गर्न सकिने रहेछ भन्ने आत्मबल वृद्धि भएको बगनासकाली—२ पोखराथोकका विजय भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.