धरानमा लागू औषधसहित तीनजना पक्राउ

धरानमा लागू औषधसहित तीनजना पक्राउ
सुन्नुहोस्

धरान : सुनसरी धरान उपमहानगरपालिका-१६ स्थित जोरसखुवा चोकबाट प्रतिबन्धित लागू औषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय धरानको टोलीले स्थानीय  वर्ष २४ को सुमित भुजेललाई पक्राउ गरिएको प्रहरी निरीक्षक दिवस कुँवरले बताए।

भुजेलले बोकेको प्लास्टिकको झोलाबाट लागू औषध  ट्रामाडोल एकसय क्याप्सुल, ट्रामानिल९ सय क्याप्सुल र न स्पासपेन एकहजार  क्याप्सुल बरामद गरिएको प्रहरी निरीक्षक कुँवरले बताए। भुजेललाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए। 
 

त्यस्तै धरान-८ सिद्धार्थ मार्गस्थित कुमार खत्रीको घरमा डेरा गरी बस्ने सुनसरीको हरीनगरा  गाउँपालिका वडा नं.-४ बस्ने वर्ष ३१ को अरसद अन्सारी र  भुटाहा बस्ने वर्ष ४५ को जियाउल अन्सारीलाई पनि लागू औषधसहित पक्राउ गरिएको प्रहरी निरीक्षक कुँवरले बताए। 

उनीहरूको कोठा खानतलासी गर्दा कोठाको खाटमुनि कालो झोलाबाट लागू औषध ट्रमोल-५० लेखिएको  ४२ हजार छ सय क्याप्सुल बरामद गरिएको प्रहरी निरीक्षक कुँवरले बताए।   दुबै जनालाई इप्रका धरानमा ल्याइ थप अनुशन्धान गर्ने काम भइरहेको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.