नेपाली चित्रकलाको प्रवर्द्धनमा सघाउन चित्रकलासँग सहकार्य

नेपाली चित्रकलाको प्रवर्द्धनमा सघाउन चित्रकलासँग सहकार्य
सुन्नुहोस्

काठमाडौं : हस्तकलाअन्तर्गतको नेपाली चित्रकला प्रवर्द्धनमा अन्नपूर्ण मिडिया नेटवर्कले सघाउने भएको छ । शुक्रबार अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित हेडक्वार्टरमा आयोजित एक समारोहमा नेपाली चित्रकलाको प्रवर्द्धनमा कम्पनी खडा गरि काम गरिहेको चित्रकला इंक प्रालिसँग सहकार्य सम्झौता भएको हो ।

सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटर्वकका महाप्रबन्धक मनोज बस्नेत र चित्रकला इंक प्रालिका सीईओ रोमन चौधरीले हस्ताक्षर गरेका हुन्। ‘यो सहकार्य चित्रकला प्रवर्द्धनमा कोशेढुंगा बन्नेछ,'चित्रकला इंक प्रालिका सीईओ रोमन चौधरीले भने, ‘यसले नेपाली चित्रकलाको प्रचारमा पनि सघाउ पुग्नेछ ।’

सम्झौता अनुसार एक वर्षसम्मका लागि अन्नपूर्ण मिडिया नेटर्वकलाई चाहिने ग्रिफ ह्याम्परका रुपमा हातबाट निर्मित चित्रकलाका सामानहरू चित्रकला इंकले उपलब्ध गराउनेछ । नेपालमा उत्पादन भइरहेका चित्रकलाका अधिकांश खपत विदेशी बजारमा हुने गरेको छ।

‘नेपाली उत्पादनको प्रवर्द्धनमा सघाउन हामीले यो सहकार्य गरेका हौं,' सम्झौतापछि अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक बस्नेतले भने ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.