५ हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

५ हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
सांकेतिक तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक एवम्

नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिए। 

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले साउनदेखि मङ्सिरसम्म पक्राउ परेकामा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार पाँच सय ९४ प्रतिवादी रहेका जानकारी दिए। काठमाडौँ उपत्यकाबाट एक हजार दुई सय ५३ जना प्रतिवादी पक्राउ परेका छन्। 

कोशीबाट सात सय ३५, बागमतीबाट दुई सय ६५, गण्डकीबाट पाँच सय छ, लुम्बिनीबाट एक हजार ३५, कणालीबाट एक सय ६९ र सुदूरपश्चिम प्रदेशबाट दुई सय ३५ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए।

केन्द्रीय अनुसन्धान ब्यूरोले ५४ जना पक्राउ गरेको छ। निजहरूबाट रु ४३ करोड पाँच लाख ४२ हजार जरिवानासमेत तोकिएको छ। निजहरूबाट कूल कैद एक हजार नौ सय ६८ वर्ष नौ महिना आठ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.