टुँडीखेलमा थारूहरूको दुई दिने माघी महोत्सव, प्रधानमन्त्रीले उद्‍घाटन गर्ने

टुँडीखेलमा थारूहरूको दुई दिने माघी महोत्सव, प्रधानमन्त्रीले उद्‍घाटन गर्ने
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको टुँडीखेलमा दुई दिने माघी महोत्सव आयोजना हुने भएको छ। थारू कल्याणकारिणी सभासहित थारू संघसंस्थाको आयोजनामा पुस २९ र माघ १ गते माघी महोत्सव आयोजना हुने भएको हो।

महोत्सवको उद्‍घाटन प्रधामन्त्री केपी शर्मा ओलीले गर्ने मूल आयोजक समितिका संयोजक एवं सभाका सभापति प्रेमीलाल चौधरीले जानकारी दिए। उनका अनुसार महोत्सवमा थारू जनप्रतिनिधिहरूको पनि उपस्थिति रहनेछ। थारू समुदायको नयाँ वर्षको रूपमा रहेको माघीलाई उत्सवको रूपमा मनाउने गरिएको संयोजक चौधरीले बताए

‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छौं। थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि महोत्सव आयोजना गरेका हौं। प्रधानमन्त्रीले महोत्सवको उद्‍घाट गर्नुहुनेछ,' शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने। 

उनका अनुसार माघी महोत्सव सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ। महोत्सवमा थारू खानाका परिकारको स्टल, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायत सयभन्दा बढी स्टलहरू रहनेछन्। 

महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँचसहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतहरूको प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए। महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.