काठमाडौंमा जेसिबिको ठक्करबाट बालिकाको मृत्यु
काठमाडौं : जेसिबिको ठक्करबाट बालिकाको मृत्यु भएको छ।
नागार्जुन नगरपालिका-६ ह्वाईट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसिबिको ठक्करबाट सोही नगरपालिका-६ की ११ वर्षीया अनुसा तामाङको शुक्रबार दिउँसो मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले जेसिबि चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।