जलवायु परिवर्तनका विषयमा विश्वको ध्यानाकर्षण गर्न जरुरी छ : देउवा

जलवायु परिवर्तनका विषयमा विश्वको ध्यानाकर्षण गर्न जरुरी छ : देउवा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनलाई न्युनीकरण गर्न विश्वलाई नै ध्यानाकर्षण गर्नेगरी कार्यक्रम गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले शुक्रबार सानेपामा आयोजना गरेको वन, वातावरण तथा जलवायु परिवर्तन सरोकार बिषयक कार्यक्रममा सभापति देउवाले जलवायु परिवर्तनले नेपाललाई ठूलो असर पर्ने देखिएको भन्दै यसलाई न्युनीकरण गर्न विश्वलाई नै ध्यानाकर्षण गर्नेगरी कार्यक्रम गर्नुपर्नेमा जोड दिए।

जलवायु परिवर्तनको सवै भन्दा ठूलो असर नेपालमा देखिएकाले यसमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने उनले बताए। उनले नेपालले मात्र चाहेरमात्रै जलवायु परिवर्तनको समस्या समाधान हुन नसक्ने भए पनि काठमाडौंबाट सुधारको थालनी गर्न सकिने बताए। सभापति देउवाले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सके वातावरणको रक्षा हुने र विश्वलाई पनि सकारात्मक सन्देश दिनसक्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.