वीरगन्ज महानगरको विभिन्न विधेयक र प्रस्तावहरू पारित

वीरगन्ज महानगरको विभिन्न विधेयक र प्रस्तावहरू पारित
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको शुक्रबार सम्पन्न नगरसभाको १६ औं अधिवेशनमा विभिन्न विधेयक र प्रस्तावहरू पारित भएको छ।

अधिवेशनमा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले पेस गरेको वार्षिक बजेट तथा कार्यक्रम रकमान्तरण, स्रोतान्तरण, बजेट थपघट एवं योजना तथा कार्यक्रम परिमार्जन गरी संशोधन गर्न बनेको विनियोजन विधेयक २०८१ सर्वसम्मतीले पारित भएको हो।

यस्तै विज्ञापन कर सम्बन्धी विधेयक २०८१, वीरगन्ज महानगरपालिकाको संगठन संरचना तथा दरबन्दी परिमार्जन सम्बन्धी प्रस्ताव र सहकारी ऐन २०७४ मा संशोधन गर्न बनेको सहकारी विधेयक २०८१ पनि अधिवेशनले पारित गरेको छ। 

नक्सा पास नगरी महानगरमा निर्माण भएका पुराना घरको अभिलेखीकरण  चैत मसान्तसम्म गराउँदा ५० प्रतिशत जरिवाना छुट दिने प्रस्ताव पनि अधिवेशनबाट पारित भएको छ। जरिवाना छुटको लाभ उठाउँदै निर्माण भएका संरचनाको अभिलेखीकरणका लागि आउँदो चैत महिनाभित्र निवेदन दिइसक्न सम्पूर्ण नगरवासीलाई मेयर सिंहले आग्रह पनि गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.