भारतीय दूतावासले मनायो विश्व हिन्दी दिवस

भारतीय दूतावासले मनायो विश्व हिन्दी दिवस
सुन्नुहोस्

काठमाडौं : काठमाडौंस्थित भारतीय दूतावासले विश्व हिन्दी दिवस मनाएको छ। शुक्रबार लैनचौरस्थित दूतावास परिसरमा विश्व हिन्दी दिवस मनाइएको हो।

विश्व हिन्दी दिवसको अवसरमा आयोजित कार्यक्रममा हिन्दी मञ्च नेपालका अध्यक्ष एवं सांसद मंगलप्रसाद गुप्ता, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र भारतीय दूतावासकी काउन्सलर गीताञ्जलि ब्र्यान्डन सहभागी थिए। 

दूतावासका काउन्सलर ब्र्यान्डनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाचन गरेकी थिइन्। मोदीले विश्व हिन्दी दिवसले हिन्दी भाषा बोल्नेहरूका लागि समृद्धि र सांस्कृतिक पहिचानको संरक्षण गर्नेमा जोड दिएका थिए। उनले नेपालमा रहेका हिन्दीभाषी र विद्वानहरूप्रति आभार प्रकट गरेका थिए। उनीहरूकै माध्यमबाट हिन्दी भाषाको प्रचार-प्रसार र नेपाल-भारतबीचको सम्बन्धलाई प्रगाढ बनाउन मद्धत गरेको मोदीको भनाइ छ। 

null

कार्यक्रममा काठमाडौंका धेरै स्कुलका विद्यार्थीहरूले हिन्दी कविता र नाटकमा भाग लिएका थिए। उनीहरूले गम्भीर विषयमा कविता सुनाएका थिए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कलाकारहरूले पनि सहभागिता जनाएका थिए। 

त्यस्तै नेपाल-भारत मैत्री कवि सम्मेलन पनि आयोजना गरिएको थियो। जहाँ प्रतिष्ठित कविहरूले हिन्दी भाषामा कविता वाचन गरेका थिए। भारतको नागपुरमा पहिलोपटक सन् १९७५ जनवरी १० मा विश्व हिन्दी सम्मेलन आयोजना गरिएको थियो। सोही कारण प्रत्येक जनवरी १० मा विश्वभरि विश्व हिन्दी दिवस मनाउँदै आएको छ। 

nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.