तीनपोखरी कप फुटबल : एपीएफ कोशी प्रदेशको विजयी सुरुवात

तीनपोखरी कप फुटबल : एपीएफ कोशी प्रदेशको विजयी सुरुवात
सुन्नुहोस्

खाँदबारी : सङ्खुवासभाको खाँदबारीमा शुक्रबारबाट सुरु भएको दोस्रो “तीनपोखरी कप” आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा एपीएफ फुटबल क्लब पकली कोशी प्रदेशले विजयी सुरुवात गरेको छ। मकालु फ्रेन्डस क्लब खाँदबारीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै गत वर्षको विजेता एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित समयमा दुबै टिमले गोल गर्न नसके पछि टाईब्रेकरमा एपिएफ विजयी भएको छ। त्यसैगरी आयोजक आजै भएको खेलमा तीनपोखरी समाज विकास क्लब पनि सेमिफाइनलमा प्रवेश गरेको छ। खाँदबारी युथ क्लबलाई तीनपोखरीले १–० गोल अन्तरमा पराजित गरेको हो। मिक्सेन लिम्बुले पहिलो हाफको ३ मिनेटमा गोल गरी तीनपोखरीलाई विजयी गराएको छ। 

तीनपोखरी समाज विकास क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका आठ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ। त्यसैगरी उप विजेताले नगद एक लाख १० हजार र सेमिफाइनलिस्ट दुई टिमले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक झलकलाल कुसुलेले जानकारी गराए। प्रतियोगिता माघ १ सम्म खाँदबारी रंगशालामा सञ्चालन हुने छ। 

खेलाडीको सुरक्षाका लागि प्रत्येक खेलाडीको एक लाख रुपैयाँ स्वास्थ्य बिमा गरिएको तीनपोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईंले जानकारी गराए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.